गैर–आवासीय मधेशी संघ साउदीद्धारा सिरहाका महरालाई उद्धार
डा.सिके राउत नेतृत्वको जनमत पार्टीको विदेशी एवम् भातृ संगठनको रुपमा रहेको गैर आवासीय मधेशी सँघले महरालाई सबै खर्च तिरेर नेपाल फर्काएको हो । यसअघि पनि सँघले कैयौँ जनालाई आफ्नो खर्चमा नेपाल फर्काएको हो ।

२०७८ असोज ७ बिहीबार, बिहान १०:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सउदी । विदेशमा मधेशीहरुको छाता सँगठन गैर–आवासीय मधेशी सँघले प्रदेश नम्बर २ को सिरहाका एक पुरुषलाई उद्धार गरेको छ ।
बुधबार गैर आवासीय मधेशी संघ साउदी अरबियाको टीमले मधेशी युवा भागमनी महरालाई उद्धार गरेको हो । सिरहाको मिर्चैया नगरापलिका वडा नम्बर ४ बस्ने महरा रोज़गारीको सिलसिलामा साउदी गएको दिनदेखि नै विगत ९ महिनादेखि अलपत्र परेका थिए ।
वैदेशिक रोजागरीमा गएपछि कम्पनीमा काम नपाएर अलपत्र परेका महरालाई विशेष सूचनाको आधारमा उद्धार गरिएको हो । गैर आवासीय मधेशी संघ साउदी अरबियाको मीना कुबरी टीम ले उद्धार गरेको बताईएको छ ।
डा.सिके राउत नेतृत्वको जनमत पार्टीको विदेशी एवम् भातृ संगठनको रुपमा रहेको गैर आवासीय मधेशी सँघले महरालाई सबै खर्च तिरेर नेपाल फर्काएको हो । यसअघि पनि सँघले कैयौँ जनालाई आफ्नो खर्चमा नेपाल फर्काएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…