१२ घण्टापछि मृत फेला परे 'साह' , हत्या गरि फालिएको आशंका
न्यूज ब्यूरो || धनुषा, ४ चैत्त । धनुषाको कमला नगरपालिकामा एक बालक मृत अवस्थामा फेला परेको छ । कमला नगरपालिका वडा नं. ८ बस्ने प्रमोद साहको ८ बर्षिय छोरा रमण साहको शव गाउँ नजिकै रहेको एक कुलोमा फेला परेको हो । शनिबार साँझदेखि हराईरहेका साह आज विहान ६ बजे स्थानीयहरुले कुलोमा मृत अवस्थामा देखेपछि प्रहरी

२०७४ चैत ४ आइतबार, बिहान ११:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
धनुषा, ४ चैत्त । धनुषाको कमला नगरपालिकामा एक बालक मृत अवस्थामा फेला परेको छ ।
कमला नगरपालिका वडा नं. ८ बस्ने प्रमोद साहको ८ बर्षिय छोरा रमण साहको शव गाउँ नजिकै रहेको एक कुलोमा फेला परेको हो ।
शनिबार साँझदेखि हराईरहेका साह आज विहान ६ बजे स्थानीयहरुले कुलोमा मृत अवस्थामा देखेपछि प्रहरीलाई खवर गरेका थिए ।
शनिबार साँझ ६ बजेदेखि घरबाट बेपत्ता रहेका साहलाई आज आईतवार विहान मात्र स्थानीयहरुले कुलोमा देखेपछि प्रहरी बोलाएका हुन् ।
ईलाका प्रहरी कार्यालय चोराकयलपुरका अनुसार, मृत बालकको शरिरमा डाम, विभिन्न ठाउँमा केही घोँचेको, काटेको जस्तो देखिएको छ । शवलाई हामी जनकपुर अञ्चल अस्पताल पठाउने तयारी भइरहेको जनाउँदै पोष्टमार्टमपछि मात्र घटनाको रहस्य बाहिर आउने जनाइएको छ ।
मृतक बालकको शव पानीमा भेटिकएको हो, बालकको अनुहार माछाले खाइदिएको प्रहरीले जनाएको छ ।
घटनाको बारेमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…