जनकपुर फर्निचरले ल्यायो अनलाईन सुविधा, मोबाइलबाटै जहाँ पनि अत्याधुनिक फर्निचर मगाउन सक्ने
जनकपुरकै सबभन्दा पुरानो मानिएको जनकपुर फर्निचर एसिया अवार्डको लागि छनोट भएको थियो ।

२०७८ भदौ २८ सोमबार, बेलुकी ६:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामस्थित रहेको जनकपुर फर्निचर सेन्टर (उद्योग) ले अनलाईन सेवा सुरु गरेको छ ।
बढदो प्रविधिको प्रयोगलाई मध्यनजर गर्दै जनकपुर फर्निचर सेन्टरले अनलाइन सुविधा ल्याएको हो । जनकपुर शहरसहित आसपासको क्षेत्रमा समेत परिचित रहेको जनकपुर फर्निचर उद्योगले अत्याधुनिक फर्निचर आइटमहरु अब अनलाईनकै माध्यमले अर्डर स्पलाई गर्ने भएको छ ।
जनकपुरको भानुचोक स्थित रहेको जनकपुर फर्निचर सेन्टरमा समायानुकुल आधुनिक फर्निचरहरु उपलब्ध हुँदै आएको छ । कोरोनाको महामारी र बजार आउनुपर्ने झन्झट मान्ने ग्राहकले घरमै बसेर मोबाइलबाट चाहेको फर्निचर अर्डर गर्न सक्ने उद्योगका सँचालक धर्मनाथ साह कलबारले जानकारी दिए ।
उद्योगले आउँदो असोज १ गतेदेखि मोबाईल एप समेत लँच गर्ने तयारी गरेको हो । फर्निचर उद्योगले फर्निचरका आइटमहरु देखाउनको लागि तथा त्यसको विस्तृत सहितको वेभसाईट समेत सँचालनमा ल्याएको छ । जसमा फर्निचरको आईटम सहित त्यसको ग्यारेन्टी, वारेन्टी, विस्तृत विवरण, मूल्य, अनलाईन पेमेन्टको समेत सुविधा रहने जनाएको छ ।
वेभसाईटमा राखिने आइटमहरु प्रायः जनकपुरिया स्टाईलमा देखिन्छन् । यहाँका उपभोक्ताको माग बमोजिमका आईटमहरु अब वेभसाईट सहित मोबाईल एप बाटै अर्डर गर्न मिल्ने उद्योगका व्यवस्थापक अभिमन्यू कुमार साहले जानकारी दिए ।
जनकपुरकै सबभन्दा पुरानो मानिएको जनकपुर फर्निचर एसिया अवार्डको लागि छनोट भएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…