धनुषाको कुन नगरपालिकाको बेरुजु कति ? हेर्नुहोस्
सबैभन्दा कम बेरुजु गणेशमान चारनाथ नगरपालिकाको आएको छ।

२०७८ भदौ २६ शनिबार, दिउँसो ४:०६ बजे४ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा १ उपमहानगरपालिका, ११ नगरपालिका र ६ गाउँपालिका गरी कुल १८ वटा स्थानीय तह छन्।
१८ स्थानीय तह रहेको यस जिल्लामा आर्थिक वर्ष २०७६र७७ मा १ अर्ब ७७ करोड ८२ लाख ६९ हजार रकम बेरुजु भएको महालेखा परीक्षकको ५८ औँ प्रतिवेदनमा उल्लेख गरिएको छ।
१८ अर्ब ८ करोड ३२ लाख ९९ हजारको लेखा परीक्षण हुँदा १ अर्ब ७७ करोड ८२ लाख ६९ हजार रकम बेरुजु भएको हो। महालेखा परीक्षकको कार्यालयका अनुसार ५८ औँ प्रतिवेदनसम्ममा १८ वटा स्थानीय तहको ४ अर्ब २७ करोड ३७ लाख ५९ हजार रुपैयाँ बेरुजु भएको हो।
धनुषामा रहेको १८ स्थानीय तहमध्ये सबैभन्दा बढी सबैला नगरपालिकाको रकम बेरुजु भएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ।
सबैला नगरपालिकाको आर्थिक वर्ष २०७६र७७ मा १ अर्ब ७ करोड १६ लाख ३ हजारको लेखा परीक्षण हुँदा २८ करोड २७ लाख २९ हजार बेरुजु देखिएको छ। यो कुल परीक्षण रकमको २६ दशमलव ३८ प्रतिशत रहेको छ। यस स्थानीय तहको हालसम्म ५८ करोड ४९ लाख ५४ हजार रुपैयाँ बेरुजु भएको हो।
यस्तै, कमला नगरपालिकाको ९३ करोड ४ लाख २२ हजार रकमको लेखा परीक्षण हुँदा १३ करोड ८१ लाख ३८ हजार रकम बेरुजु भएको हो। यो लेखा परीक्षण गरिएको रकमको १४ दशमलव ८५ प्रतिशत रहेको छ। कमला नगरपालिकाको हालसम्म ३५ करोड २६ लाख २ हजार रकम बेरुजु भएको हो।
धनुषाको एकमात्र उपमहानगरपालिका जनकपुरधामको आर्थिक वर्ष २०७६र७७ मा २ अर्ब ७८ करोड ३५ लाख ९८ हजारको लेखा परीक्षण हुँदा ३५ करोड ५७ लाख ७२ हजार रकम बेरुजु भएको छ।
जनकपुरधामको बेरुजु प्रतिशत १२ दशमलव ७८ रहेको छ। जनकपुरधामको अहिलेसम्म ८० करोड ७९ लाख ३५ हजार रकम बेरुजु भएको महालेखा परीक्षकको ५८ औँ प्रतिवेदनमा उल्लेख गरिएको छ।
हंसपुर नगरपालिकाको आव २०७७/७८ मा ९५ करोड ९९ लाख ६६ हजारको लेखा परीक्षण गर्दा ११ करोड ८६ लाख ५३ हजार रकम बेरुजु भएको छ। हंसपुरको अहिलेसम्म ३५ करोड ९४ लाख ३९ हजार रुपैयाँ बेरुजु भएको छ।
शहीदनगर नगरपालिकाको १ अर्ब १४ करोड ५१ लाख २ हजारको लेखा परीक्षण हुँदा १२ करोड ४९ लाख ५० हजार रकम बेरुजु भएको छ। शहीदनगरको हालसम्म २९ करोड ७३ लाख २७ हजार रकम बेरुजु भएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
मिथिला नगरपालिकाको १ अर्ब ११ करोड ३१ लाख ९१ हजारको लेखा परीक्षण गर्दा १२ करोड १४ लाख १८ हजार रकम बेरुजु आएको छ। हालसम्म मिथिला नगरपालिकाको २४ करोड ४६ लाख १८ हजार रकम बेरुजु भएको छ।
बटेश्वर गाउँपालिकाको ७० करोड ९० लाख २७ हजारको लेखा परीक्षण गर्दा ६ करोड ८३ लाख १९ हजार रकम बेरुजु भएको छ। धनौजी गाउँपालिकाको ५३ करोड ५४ लाख ३० हजारको लेखा परीक्षण गर्दा ४ करोड ९८ लाख ३ हजार बेरुजु भएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ।
नगराईन नगरपालिकाको ८४ करोड ३० लाख ६८ हजारको लेखा परीक्षण हुँदा ६ करोड २० लाख २३ हजार रकम बेरुजु भएको छ। विदेह नगरपालिकाको ९७ करोड २० लाख २८ हजारको लेखा परीक्षण हुँदा ७ करोड ७३ लाख ३६ हजार बेरुजु भएको छ।
मिथिला बिहारी नगरपालिकाको ९५ करोड २८ लाख ४७ हजारको लेखा परीक्षण हुँदा ६ करोड ८० लाख ८७ हजार बेरुजु भएको छ।
लक्ष्मीनियाँ गाउँपालिकाको ७६ करोड २८ लाख १९ हजारको लेखा परीक्षण हुँदा ५ करोड ४२ लाख ९० हजार बेरुजु रकम आएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
क्षिरेश्वरनाथ नगरपालिकाको आव २०७६/७७ मा १ अर्ब १० करोड ८२ लाख ४० हजारको लेखापरीक्षण गर्दा ७ करोड ७० लाख ५२ हजार रकम बेरुजु आएको छ। मुखियापट्टी मुसहरनिया गाउँपालिकाको ५६ करोड २९ लाख ९७ हजारको लेखा परीक्षण हुँदा २ करोड ९२ लाख ३ हजार बेरुजु आएको छ।
त्यस्तै, औरही गाउँपालिकाको ६२ करोड ६५ लाख २० हजारको लेखा परीक्षण गर्दा ३ करोड ३ लाख ८५ हजार रकम बेरुजु आएको छ। जनकनन्दिनी गाउँपालिकाको ६६ करोड ६१ लाख ७० हजारको लेखा परीक्षण गर्दा ३ करोड ६६ लाख ३० हजार रकम बेरुजु आएको छ।
धनुषाधाम नगरपालिकाको १ अर्ब २१ करोड ३३ लाख ९ हजारको लेखा परीक्षण गर्दा ५ करोड ५६ लाख ६३ हजार बेरुजु आएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ।
सबैभन्दा कम बेरुजु गणेशमान चारनाथ नगरपालिकाको आएको छ। यस पालिकाको आव २०७६/७७ मा १ अर्ब १२ करोड ६९ लाख ६२ हजारको लेखापरीक्षण गर्दा २ करोड ७८ लाख १८ हजार बेरुजु आएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ।
पहिलोपोष्टबाट

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…