शान्दार जीत

सन्दीप चम्किएपछि पिएनजीमाथि नेपालको शानदार जीत

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ३ बल खेल्न बाँकी छदा २३३ रनमा अलआउट भयो।

२०७८ भदौ २५ शुक्रबार
रति १०:२५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, काठमान्डौँ । पपुवा न्युगिनी (पिएनजी) विरुद्धको दोस्रो एकदिवसीय खेलमा नेपाल १५१ रनको फराकिलो अन्तरले विजयी भएको छ। यसअघि पहिलो खेल २ विकेटले जितेको नेपालले सिरिज २(० ले आफ्नो पक्षमा परेको छ। 

ओमानमा भएको खेलमा नेपालले दिएको २३४ रनको लक्ष्य पछ्याएको पिएनजी १९.१ ओभरमा ८२ रनमै अलआउट भयो।

पिएनजीको इनिङ्ग्स ध्वस्त पार्न क्रममा नेपालका स्टार लेगस्पिनर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरे। उनले एकदिवसीय खेलमा करिअरकै उत्कृष्ट बलिङ गर्ने क्रममा ६ विकेट लिन सफल भए। उनले ५.१ ओभरमा केवल ११ रन मात्र खर्चिए। 

यसअघि सन्दीपको एकदिवसीय खेलमा उत्कृष्ट बलिङ ६ विकेट लिएर १६ रन खर्चिनु थियो।

पिएनजीविरुद्ध नेपालका सन्दीपबाहेक सोमपाल कामी, विक्रम शोव र सुसन भारीले एक एक विकेट लिएन सफल भए।

पिएनजीका लागि ओपनर टोनी उराले सबैभन्दा बढी १९ रन जोडे। अन्य ब्याट्सम्यान सस्तैमा आउट भएका थिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ३ बल खेल्न बाँकी छदा २३३ रनमा अलआउट भयो।

नेपालका लागि रोहितकुमार पौडेल र करण केसीले उत्कृष्ट ब्याटिङ गरे। रोहितले ८६ रन जोडे। उनले १२३ बलमा २ चौका र ३ छक्का प्रहार गरे।

करणले २६ बलमा ४२ रनको योगदान गरे। सातौं विकेटको रूपमा ४९औं ओभरमा आउट हुनुअघि उनले २६ बलमा २ चौका र ४ छक्का प्रहार गरे। 

करण आउट भए लगत्तैको बलमा रोहित पनि आउट हुन पुगेका थिए। दुवै जनालाई चाड सोपरले आउट गरे। उनले तीन विकेट लिए।

त्यसअघि नेपालले खराब ओपनिङ गरेको थियो। ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेल ३(३ रनमै आउट भएपछि नेपालको इनिङ्ग्स सुरुमै संकटमा परेको थियो। 

त्यसपछि रोहित र कप्तान ज्ञानेन्द्र मल्लको जोडीले नेपालको इनिङ उकासे। रोहितसँग तेस्रो विकेटका लागि ८९ रनको साझेदारी गरेका ज्ञानेन्द्रले ४५ रन जोडे। उनले ७० बलमा ३ चौका र २ छक्का हिर्काए।

 त्यसपछि विनोद भण्डारी १७ रनमा रनआउटको सिकार बने। कुशल मल्ल १ रनमै आउट हुँदा  सोमपाल कामीले ११ रन जोडे। विक्रम शोव १ रनमा आउट हुँदा सुसन भारी शून्यमा आउट भए।

यसअघि नेपालले पिएनजीविरुद्धको पहिलो एकदिवसीय खेलमा २ विकेटको जित निकालेको थियो।

नेपालले आइसिसी विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिजको तयारीका क्रममा पिएनजीसँग एकदिवसीय सिरिज खेलेको हो।

नेपालले अमेरिका र घरेलु टिम ओमानविरुद्धको त्रिकोणात्मक सिरिज खेल्दैछ। सिरिज भदौ २८ देखि सुरू भएर असोज ४ मा सकिनेछ।

सिरिजमा नेपालले ओमान र अमेरिकासँग दुई–दुई खेल खेल्नेछ। 

विश्वकप लिग–२ मा नेपालसहित पपुवा न्यूगिनी, ओमान, अमेरिका, स्कटल्याण्ड, नामिबिया र युनाइटेड अरब इमिरेटस् (युएई) रहेका छन्। लिग–२ अन्तर्गत नेपालले हालसम्म ओमान र अमेरिकासँग दुई-दुईं खेल खेलिसकेको छ।
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

इलाका प्रहरी कार्यालय गोलबजारद्वारा रक्तदान कार्यक्रम, ४४ जनाले रगत दान गरे 

  • २०७८ भदौ २५ शुक्रबार

न्यूज ब्यूरो, सिरहा।  सिरहा जिल्लाको गोलबजार नगरपालिकामा अवस्थित इलाका प्रहरी कार्यालय गोलबजारद्वारा नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरी मनाइएको हो ।  नेपाल प्रहरी श्रीमती संघको

पूरा पढ्नुहोस्

Bureau Menus