प्रेमी प्रेमिकाको रोमान्स

युवायुवतिको मोटरसाईकलमै रोमान्सको भिडियो भाइरल, प्रहरी खोजबिन गर्दै 

प्रहरीले अब बिआईपी रोडमा लागेको सिसिटिभी फुटेज निकालीरहेका छन् ।

२०७८ भदौ २४ बिहीबार
बिहान १०:३१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, भारत । एक युवकले आफ्नो गर्लफ्रेण्ड (प्रेमिका) लाई आफ्नो मोटरसाईकलको टयाँकीमा बसाएर मोटरसाईकल चलाएको भिडियो अहिले समाजिक सँजालमा भाइरल बनेको छ । 

छिमेकी मुलुक भारतको मध्यप्रदेश राज्यको राजधानी भोपालमा एक युवक–युवतिको जोडीले चल्ती मोटरसाईकलमा लव सिन अहिले समाजिक सँजालमा भाइरल बनेको छ । त्यसपछि स्थानीय प्रहरीले उनीहरुलाई खोजबिन सुरु गरेको छ । 

सोसल मिडियामा भाइरल बनेको यो भिडियो भोपालको चर्चित भिआईपी रोडको हो । यस भिडियोमा एक युवति मोटरसाईकलको टँकीमा बसेकी छिन्  र उनको अनुहार मोटरसाईकल चलाउँदै गरेको युवकको तर्फ छ । 

युवक अगाडीमै बसेकी युवतिसँग गला मिलाएर बसी मोटरसाईकल चलाउँदै गरेको भिडियो खिचिएको छ । सो रोडमा यी दुवै जनाको यो सिनलाई सोही रोडमा कार चलाउँदै गरेको एक युवकले सो भिडियो बनाएर समाजिक सँजालमा पोष्ट गरेपछि अहिले भाइरल बनेको छ । 

१३ सेकेण्डको यो भिडियो अब सोसल मिडियामा खुवै भाइरल बनेको छ । भिडियोमा देख्न सकिन्छ की कार चलाउँदै गरेका व्यक्तिले उनीहरुको भिडियो बनाएको छ । भिडियोमा मोटरसाईकल चलाउँदै गरेका युवकसँग टाँसिएर बसेकी युवतिले एक पटक मोबाईल तर्फ हेरेपनि पुनः आफनो अनुहार तल पारिलिन्छन् । 

मिडियासँग कुराकानी गर्दै भोपालका प्रहरी एसपी विजय कुमार खत्रीले समाजिक सँजालमा भाइरल बनेको भिडियो खतरनाक तरिकाले चलाएको देख्न सकिन्छ । यो भिडियो कहिले बनेको भन्ने बारेमा यकिन नगरिएको तथा भिडियोमा देखिएको युवा युवतिको खोजी कार्य जारी रहेको बताए । 

प्रहरीले अब बिआईपी रोडमा लागेको सिसिटिभी फुटेज निकालीरहेका छन् । जसले मोटरसाईकलको नम्बर ट्रेस गरेर युवा युवतिको पहिचान हुन्छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Bureau Menus