जनकपुरः घर पसेर एक परिवारलाई कुटपिट, गर्भवति युवतिलाई पनि छाडेनन
आजादलाई छुरा प्रहार गरेको आरोप लगाइएको छ । आजादका अनुसार, वडाध्यक्ष यादवले यसपटक गरी ४ पटक घर पसेर कुटपिट गरेको आरोप लगाए ।

२०७८ भदौ १६ बुधबार, दिउँसो १२:४१ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानीस्थित गएराती एक परिवार उपर हमला गरिएको आरोप लगाइएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ मुजेलियास्थित एक परिवारका सदस्यहरुलाई लाठी, भाटा र रोडाले प्रहार गर्दा ४ जना घाईते भएका छन् ।
मुजेलियास्थित रहेको बिजय कुमार यादवको परिवारजनमाथि गएराती करिब १०:२५ बजेको समयमा घर पसेर कुटपिट गरिएको बताइएको छ । सो क्रममा सोही परिवारका ४ जना घाईते भएका छन् ।
मोटरसाईकलमा गएका १०÷१२ जनाको समूहले लाठी, भाटा र रोडाले यादव परिवारमाथि आक्रमण गरेको आरोप पीडित परिवारका आजाद यादवले लगाएका छन् । सो क्रममा उनका बुवा, आमा, दिदी र स्वयँ पनि घाईते भएका छन् ।
पुरानो झगडाको निहुँमा वडा नम्बर १४ का वडाध्यक्ष पुण्यप्रताप यादव (पुणे) ले उनीहरुमाथि आक्रमण गर्न गुण्डा पठाएको आरोप छ । सो क्रममा पुणेका भाई दिपक यादव र दिलीप यादव समेतले कुटपिट गरेको आरोप छ ।
वडाध्यक्ष यादवले पठाएको मान्छेहरुले बाँसको भाटा सहित छुरा समेत प्रहार गर्दा ४ जना घाईते भएका हुन् । सो क्रममा आजाद यादव सहित उनकी दिदी बर्ष २२ की नितु यादव, आमा सीता यादव र बुवा विजय कुमार यादव घाईते भएका छन् ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…