झण्डै डेढ वर्षपछि खुल्यो भिठ्ठामोड नाका
उनीहरु पाँच सय मिटर टाढा वन र खोल्सीको बाटो हुँदै नेपाल–भारत आउजाउ गरिरहेका थिए ।

२०७८ भदौ १५ मंगलबार, बेलुकी ५:१२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जलेश्वर । महोत्तरीको मूल भन्सार भिट्ठामोड सीमानाकाबाट १७ महिनापछि आवतजावत सञ्चालन भएको छ ।
कोभिड–१९ महामारीका कारण २०७६ साल चैत ११ गतेदेखि महोत्तरीको मुख्य भन्सार नाकाबाटै बन्द रहेको सर्वसाधारणको आवतजावत पुनः सञ्चालन भएको छ ।
गत शुक्रबार, शनिबार र आइतबार जलेश्वर नगरपालिका–३ मलिवाराका वडाध्यक्ष सञ्जय पाण्डेको नेतृत्वमा करिब सय जनाले सीमानाकामा धर्ना बसेपछि सो नाका भएर सोमबारदेखि सर्वसाधारणको आवतजावत खुला गरिएको वडाध्यक्ष पाण्डेले बताए ।
सो नाकाबाट मालवाहक ट्रक, टिप्परलगायत साधनहरु बन्दाबन्दीको बेला पनि निर्बाध रुपमा आवातजावत गरेका थिए । तर पैदल यात्रुलाई भने रोकिएको थियो ।
भन्सार भएरै पैदल यात्रुलाई आवतजावत गर्न नदिएपछि उनीहरु पाँच सय मिटर टाढा वन र खोल्सीको बाटो हुँदै नेपाल–भारत आउजाउ गरिरहेका थिए ।
मुख्य भन्सारबाटै आवागमन भएपछि सर्वसाधारण खुसी भएका छन् । सो नाकाबाट पैदल आवागमन सुरु भए पनि सवारी साधन अझै सञ्चालन भएको छैन । मालवाहक गाडीहरु पहिलेझैँ आउजाउ गरिरहेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…