पोखरीमा एकाएक मर्न थाले माछा
सम्बन्धित निकायले ध्यान नदिदा पर्यटकीय स्थलका रुपमा स्थापित हुँदै गएको पोखरी पछाडी पर्ने सोच र चिन्ता

२०७८ भदौ ५ शनिबार, बेलुकी ५:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । बाराको कलैया उपमहानगरपालिमा अवस्थित रामजानकी मन्दिरको आगनमा रहेको पोखरीका माछाहरु एकाएक मर्न थालेका छन् ।
पछिल्लो दुई तीन दिन देखि पोखरीको माछाहरु मर्न थाले पछि मन्दिर दर्शन गर्न आउने दर्शनार्थी एवम् आगन्तुकहरु आश्चर्य चकित तथा चिन्तित भएका छन् ।
पोखरी वरपरका स्थानीय वासीले फोहरमैला फाल्ने गरेको कारण पोखरीको पानी प्रदूषित भएको र पोखरीको माछा मर्न थालेको स्थानीय प्रत्यक्ष दर्शनार्थीहरूले बताएका छन् ।
पोखरीमा धेरै संख्यामा माछाहरु रहेको र माछा हेर्न तथा दाना खुवाउन आउनेको ताती लाग्ने गरेकोमा माछाहरु मर्न थाले पछि दुर्गन्धित बन्न पुगेको छ । माछा हेर्न भनेर आउने आगन्तुक मरेको माछाको दुर्गन्धले निराश भएका छन् ।
सम्बन्धित निकायले ध्यान नदिदा पर्यटकीय स्थलका रुपमा स्थापित हुँदै गएको पोखरी पछाडी पर्ने सोच र चिन्ता गर्न थालिएको छ ।
सरकारी निकाय तथा कार्यालयहरुले बेला बेला देखाउनका लागि भए पनि पोखरी वरपर सरसफाई गर्ने तर निरन्तरता नदिदा यस खालका समस्या देखिन थालिएको हो ।
यता, रामजानकी मन्दिरको व्यवस्थापन पक्ष भने कानमा तेल हालेर बसेको स्थानीयको गुनासो छ । मन्दिरको धेरै जग्गा अतिक्रमण हुनाका साथै पोखरी पनि प्रदूषित हुन पुगेको देखिन्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…