प्रहरीे घुमुवा यादवले पत्रकारको गाडीमा लागुऔषध राखेर यसरी फँसाए, सिसिटिभी फुटेज हेर्नुहोस्
भदौ ०७ गते सोमवार सम्म दुवै जनालाई रिहाई गरी पत्रकार फँसाउने प्रहरीहरुलाई पक्राउ गरि सार्बजनिक गर्न जिल्ला प्रहरी कार्यालय रौतहटसँग माग गरेको हो ।

२०७८ भदौ ५ शनिबार, दिउँसो ४:५८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । प्रदेश नम्बर २ को रौतहट स्थित एक पत्रकारलाई जिल्ला प्रहरीको घुमुवाले गाडीमा गाँजा राखेर फँसाएको भिडियो बाहिरिएको छ ।
रौतहटका पत्रकार मोजिबुल्लाहलाई प्रहरीले लागुऔषध सहित पक्राउ गरेको दाबी गरेपनि सिसिटिभीको फुटेज चेकजाँचपछि उनलाई फँसाएको प्रष्ट भएको छ । उनको मोटरसाईकलमा प्रहरीको घुमुवा एवम् सहायक प्रहरी नीरिक्षक (सई) उदय प्रसाद यादवले मोजिबुल्लाहलाई फँसाएको प्रष्ट भएको छ ।
पत्रकार महम्मद मोजिबुल्लाह तथा निज सवार मोटरसाइकलका चालक जिल्ला रौतहट राजपुर नगरपालिका वढा नम्बर ०७ वस्ने शेख गुलावलाइ यहि गत साउन ३२ गतेका दिन राति ८ बजेको समयमा गौर नगरपालिका बडा नम्बर ०१ स्थित होटेल ग्रीन सिग्नलबाट नेपाल बैक जाने रोडमा नेपाल प्रहरीले १०४ धान नाइट्रोभेट टेबलेट लागु औषध राखेको देखिएको छ । सोही आरोपमा उनलाई पक्राउ गरेको थियो ।
होटेल ग्रीन सिग्नल अगाडि रोकी राखेको पत्रकार मोजिबुल्लाहको मोटरसाइकलमा अपराध अनुसन्धानमा खटिएका नेपाल प्रहरीका घुमुवा प्रहरी सहायक निरीक्षक उदय प्रसाद यादव , प्रहरी जवान मनोज साह लगायतका घुमुवा प्रहरीहरू तथा अन्य वाहिरि ब्यक्तिको संलग्नतामा सो लागु औषध घुमुवा प्रहरीले ने राखेको कुरा सिसि टिभि फुटेजबाट प्रस्ट भएको हो ।
यता, निर्दोष देखिएका पत्रकार मोजिबुल्लाह तथा अर्का ब्यक्ति शेख गुलावलाइ तत्काल रिहाइ गर्न तथा यस घटनाको सत्य तथ्य छानबिन गरि संलग्न प्रहरी तथा अन्य सबैलाइ कानुनि कठघरामा ल्याउन नेपाल पत्रकार महासंघ रौतहट शाखाले माग गरेको छ ।

भदौ ०७ गते सोमवार सम्म दुवै जनालाई रिहाई गरी पत्रकार फँसाउने प्रहरीहरुलाई पक्राउ गरि सार्बजनिक गर्न जिल्ला प्रहरी कार्यालय रौतहटसँग माग गरेको हो ।
सिसिटिभी फुटेजमा प्रहरीको घुमुवाहरुले सुनुयोजित तरिकाले मोटरसाईकलमा लागू औषध राख्दै गरेको देखिएको छ । पत्रकार मोजिबुल्लाहले समाचार लेखेका निहुँमा उनलाई फँसाउन सई यादवले योजना बनाएको देखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…