४ दिन सार्वजनिक विदा
यस्तै, भदौ २४ गते पर्ने हरितालिका तीजको अवसरमा समेत नेपाली पात्रोमा सार्वजनिक विदा लेखिएको छ ।

२०७८ भदौ ३ बिहीबार, बेलुकी ६:३० बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल सरकारले आउँदो कृष्णाष्टमीमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले भदौ १४ गते कृष्ण जन्मअष्टमीमा सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए।
यसका साथै, जनैपूर्णिमाको दिन तराई मधेशमा मनाइने रक्षा बन्धनको दिन समेत सार्वजनिक विदा लेखिएको छ । नेपाली पात्रो अनुसार जनै पूर्णिमाका दिन सार्वजनिक बिदा घोषणा गरिएको हो । रक्षाबन्धन भदौ ६ गते परेको छ ।
साथै सरकारले गाईजात्रामा नेवार समुदायका लागि देशैभर बिदा दिने निर्णय गरेको छ। भदौ ७ मा गाईजात्रा छ। यसअगाडि काठमाडौं उपत्यकाभित्र मात्र गाईजात्रामा बिदा हुने गरेकोमा नेवार समुदायका लागि देशैभर उक्त दिन बिदा दिने निर्णय भएको उनले बताए।
यस्तै, भदौ २४ गते पर्ने हरितालिका तीजको अवसरमा समेत नेपाली पात्रोमा सार्वजनिक विदा लेखिएको छ । सो दिन महिलाहरुलाई मात्र विदा दिने भनेर पात्रोमा उल्लेख गरिएको हो ।
यस अनुसार भदौ महिनामा ४ दिनको विदा हुने भएको छ । भदौ ६ गते, भदौ ७ गते, भदौ १४ गते र भदौ २४ गते सार्वजनिक विदा हुने भएको छ । यद्यपी, कलेण्डरमा उल्लेख भएपनि सरकारले विदाको लागि निर्णय गर्दै आएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…