जनपतिनीधिको हालात

४ बर्षमा एउटा पनि विकास नगरेको भन्दै वडाध्यक्षलाई बिजुलीको पोलमा बाँधे जनता 

वडा नं. १५ मा गल्लीमा सडक, नाला नभएको कारण बर्षायाममा आम नागरिकलाई सास्ती भोग्नपुपरेको छ ।

२०७८ भदौ २ बुधबार
बेलुकी ६:५७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, २ भदौ । जनप्रतिनीधिमा निर्वाचित भएको ४ वर्ष वितिसक्दा पनि विकासको कामहरु नगरेको भन्दै स्थानीय जनताहरुले एक वडाध्यक्षलाई विजुलीको खम्बाले बाँधेका छन् । 

छिमेकी मुलुक भारतको विहार राज्यस्थित नेपाल भारतको सीमासँगै रहेको मधुवनी जिल्लाको यो घटना हो । जहाँ वडाध्यक्षलाई विकास नगरेको भन्दै बिजुलीको पोलमा बाँधेर घाममा तताएका छन् । 

मधुवनी जिल्लाको मोहनिया नगर पँचाययमा विकास नभएको भन्दै स्थानीयहरुले आफ्नो रिस जनप्रतिनीधि उपर निकाल्न सुरु गरेको छ । बर्षाको मौसममा बाटोमा हिडन कठिनाई भएको भन्दै स्थानीय जनताहरुले वडाध्यक्षलाई बाँधेका हुन् । 

मोहनिया नगर परिषदको वडा नम्बर १५ का वडाध्यक्ष इम्तियाज अँसारीलाई बिजुलीको पोलमा बाँधेको हो । उनलाई पोलमा बाँधेर यसको सूचना नगर पँचायतका अध्यक्ष सहित अन्य पदाधिकारीहरुलाई समेत दिएको बताइएको छ । 

वडा नं. १५ मा गल्लीमा सडक, नाला नभएको कारण बर्षायाममा आम नागरिकलाई सास्ती भोग्नपुपरेको छ । स्थानीयहरुलाई पैदल समेत हिडनको लागि समस्या भएपछि वडाध्यक्ष (वडा पार्षद्) लाई बिजुलीको खम्बासँग बाँधेको हो । 
 

  • 2%
  • 19%
  • 3%
  • 57%
  • 8%
  • 2%

इजरायलमा रहेका नेपालीलाई दुतावासको अनुरोधः घरबाट बाहिर कोही ननिस्कनु

  • २०७८ भदौ २ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  इरानले इजरायलमाथि आक्रमण सुरु गरेपछि तेलअभिभस्थित नेपाली दूतावासले अत्यावश्यक बाहेक घरबाट बाहिर ननिस्किन आग्रह गरेको छ । दूतावासले एक सूचना जारी गर्दै इजरायलमा रहेका सम्पूर्ण नेपालीहरूलाई स्थानीय

पूरा पढ्नुहोस्

Bureau Menus