तालिबानले सरकारी कर्मचारीलाई दियो आममाफी, काममा फर्कन आग्रह
यता, अफगानिस्तानमा फँसेका विभिन्न देशका नागरिकहरुलाई सम्बन्धित देशका सरकारले उद्धार गर्ने कार्य जारी रहेको छ । मँगलबार नेपालको १ सय २७ जना नागरिक नेपाल फर्केका छन् ।

२०७८ भदौ १ मंगलबार, दिउँसो १२:४० बजे१ मिनेट पढाइ

काबुल । अफगान सत्ता नियन्त्रणमा लिएको तालिवानले सबै सरकारी कर्मचारीलाई आममाफी दिने घोषणा गरेको छ । काबुल नियन्त्रणमा लिएको दुई दिनपछि तालिवानले सबै सरकारी कर्मचारीलाई काममा फर्कन आग्रह गरेको हो ।
हामीले सबैलाई आममाफी दिने घोषणा गरेका छौं । अब तपाईंहरुले पूर्ण आत्मविश्वासका साथ काममा फर्कनुपर्छ’ तालिवानद्वारा जारी वक्तव्यमा उल्लेख छ ।
सत्ता नियन्त्रणमा लिएपछि यतिबेला तालिवानी नेताहरु सरकार गठनको गृहकार्यमा जुटेका छन् । केही दिनभित्रै अफगानिस्तानमा नयाँ सरकार बन्ने तालिवानको भनाई छ ।
अघिल्ला राष्ट्रपति असरफ घानी सरकारको मातहतमा रहेर काम गरेका सरकारी कर्मचारी त्रासका कारण काममा फर्किएका थिएनन् ।
यता, अफगानिस्तानमा फँसेका विभिन्न देशका नागरिकहरुलाई सम्बन्धित देशका सरकारले उद्धार गर्ने कार्य जारी रहेको छ । मँगलबार नेपालको १ सय २७ जना नागरिक नेपाल फर्केका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…