प्रदेश २ मा 'मण्डल' बने माओवादी सँसदीय दलका नेता
न्यूज ब्यूरो || जनकपुरधाम, १ चैत्त । प्रदेश नं. २ को नेकपा माओवादी केन्द्रको संसदीय दलको नेतामा रामचन्द्र मण्डल निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रको केन्द्रिय कार्यालय पेरिसडाँडामा बुधवार भएको संसदीय दलको निर्वाचनमा निर्वाचित भएका हुन् । लामो समयदेखि सहमतिको प्रयासमा संसदीय दलको नेता चयन गर्

२०७४ चैत १ बिहीबार, बिहान ८:५५ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, १ चैत्त । प्रदेश नं. २ को नेकपा माओवादी केन्द्रको संसदीय दलको नेतामा रामचन्द्र मण्डल निर्वाचित भएका छन् ।
नेकपा माओवादी केन्द्रको केन्द्रिय कार्यालय पेरिसडाँडामा बुधवार भएको संसदीय दलको निर्वाचनमा निर्वाचित भएका हुन् ।
लामो समयदेखि सहमतिको प्रयासमा संसदीय दलको नेता चयन गर्न प्रयास भएपनि विफल भएपछि महोत्तरी क्षेत्र नं. १ (ख) बाट विजयी भरत साह र मण्डलले बीच निर्वाचन भएको थियो ।
निर्वाचनमा नेकपा माओवादी केन्द्रका सचविालय सदस्य समेत रहेका मण्डलले ७ मत प्राप्त गरेका थिए भने, महोत्तरीको क्षेत्र नं. १ (ख) बाट निर्वाचित भरत प्रसाद साहले ४ मत प्राप्त गरेका थिए ।
को हुन मण्डल ?
दोश्रो संविधानसभाको निर्वाचनबाट झिनो मतान्तरले पराजित भएका मण्डल माओवादी केन्द्रका सचिवालय सदस्य हुन ।
नेता मण्डललाई “मास्टर साहेव” माओवादी केन्द्र प्रदेश नं. २ को संसदीय दलको नेतामा मण्डल पोखरी हाम्रो धरोहर हो, यसलाई फोहर नगरौं ।
सार्वजनिक हितका लागि न्यूजपेपर दैनिकद्वारा जनहितमा जारी भनेर चिन्ने गरिन्छ ।
उनी आफु कक्षा १२ मा पढ्दै गर्दा कक्षा १२ कै विद्यार्थीहरुलाई पढाउने उनको अदभुत शक्ति देखेर उनलाई सबैले “मास्टर साहव” भनेर बोलाउथे, जुन आज सम्म पनि कायम रहेको छ ।
जनयुद्धकालमा शिक्षण पेशामा आवद्ध भएका कारण उनको सुपरिचित नाम “मास्टर साहब” रहेकोले सबैले उनलाई सोही नामले बोलाउने गरेको छ ।
उनलाई सो क्षेत्रमा शिक्षाको मर्यादापालक भनेर समेत चिन्निछ । बुवा परमेश्वर मण्डल र आमाको नाम सितल्ली देवी मण्डलको कोखबाट बि.सं. २०३० साल श्रावण १७ गते धनुषाको परशुराम तलाउ ( हाल मिथिलाविहारी नगरपालिका) धनुषामा जन्मेको मण्डल न्यून मध्यमवर्गीय परिवारमा हुर्केका कारण सानै देखि अन्याय अत्याचार तथा निमुखा तथा अन्याय अत्याचार विरुद्ध संघर्ष गर्दै आएका रामचन्द्र मण्डलले स्नातकोत्तर गरेका छन् ।
उनी २०४६ सालमा तत्कालिन नेकपा मालेको गाउँ कमिटीको सचिव हुदै २०५४ देखि ०६० साल सम्म शिक्षण पेशामा आवद्ध रहेका मण्डल २०५९ सालमा नेकपा माओवादीमा प्रवेश गरी भूमिगत भएक थिए ।
अखिल नेपाल शिक्षक संगठनका संस्थापकको रुपमा कार्य जिम्मेवारी पूरा गर्दै मण्डल २०६३ सालमा नेकपा माओवादीको जिल्ला ईन्चार्ज, सेक्रेटरी, केन्द्रिय सदस्य, पोलिटब्यूरो सदस्य हुदै हाल सचिवालय सदस्य रहेका छन् ।
समाचार साभार : न्यूजपेपर दैनिक पत्रिका, जनकपुर
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…