प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा समवेदना व्यक्त
न्यूज ब्यूरो || नयाँ दिल्ली, १ चैत्त । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार ब्रिटिश वैज्ञानिक स्टेफन हकिङको निधनप्रति समवेदना व्यक्त गर्नुभएको छ । प्रसिद्ध भौतिकशास्त्री हकिङको बुधबार ७६ वर्षको उमेरमा निधन भएको उहाँका परिवारजनले जानकारी दिएका छन् । ब्रिटिश वैज्ञानिक स्टेफन हकिङ साहास र दृढता

२०७४ चैत १ बिहीबार, बिहान ८:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
नयाँ दिल्ली, १ चैत्त । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार ब्रिटिश वैज्ञानिक स्टेफन हकिङको निधनप्रति समवेदना व्यक्त गर्नुभएको छ ।
प्रसिद्ध भौतिकशास्त्री हकिङको बुधबार ७६ वर्षको उमेरमा निधन भएको उहाँका परिवारजनले जानकारी दिएका छन् ।
ब्रिटिश वैज्ञानिक स्टेफन हकिङ साहास र दृढता विश्वको सारा नागरिकको लागि प्रेरणाका व्यक्ति भएको मोदीले बताउनुभएको छ ।
विश्वलाई राम्रो स्थान बनाउनका लागि हकिङको ठूलो देन रहेको मोदीले बताउनुभएको छ ।
साथै मोदीले उहाँको आत्माको शान्तिको कामना गर्नुभएको ट्वीटरमार्फत जानकारी दिनुभएको छ ।
हकिङले सन् १९८८ मा लेख्नुभएको ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ संसारमा नै धेरै बिक्री हुने पुस्तकमा परेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…