वीरगँज महानगपालिकामा अख्तियारको छापा, कर्मचारीमा भागाभाग
टोलीले अहिले कम्प्युुटरको अभिलेख रुजु गरिरहेको छ भने छानबिनमा दोषी फेला परेमा कसूर अनुसारको कानूनी कारवाही हुने

२०७८ साउन २९ शुक्रबार, बिहान ९:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । वीरगञ्ज महानगरपालिकामा अख्तियार दूरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले छापामारेको छ ।
अख्तियार दूरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले वीरगञ्ज महानगरपालिको राजस्व शाखा र महानगरको वडा नम्बर १४ मा छापामारेको हो ।
अख्तियार दूरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले वीरगञ्ज महानगरपालिकामा छापामारे पछि महानगरका राजस्व शाखाका कर्मचारी भागा भाग भएका थिए ।
सम्पत्ति कर र जग्गा करका बारेमा वीरगञ्ज महानगरपालिकाको राजस्व शाखा र महानगरको वडा नम्बर १४ मा बदमासी भएको आशंकामा छापा परेको अख्तिायारले जनाएको छ ।
निर्धारित मूल्य भन्दा निकै कम मूल्याँकन गरि सम्पत्ति वा जग्गा कर निर्धारण भएको र यसमा मिलिभगत भएको आशंकामा पहिला वडा नम्बर १४ र पछि नपाले त्यसमा कुनै बदमासि गरेको छ कि छैन भनेर छानबिन गर्न राजस्व शाखामा छानबिन गरिरहेका छौं भनि अनुन्धान अधिकृतले बतए ।
टोलीले अहिले कम्प्युुटरको अभिलेख रुजु गरिरहेको छ भने छानबिनमा दोषी फेला परेमा कसूर अनुसारको कानूनी कारवाही हुने गुरा अख्तियार टोली बताउँछ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…