किशोरीलाई गर्भवति बनाएर प्रेमी फरार, किशोरीले जन्माइन बच्चा !
यसका साथै, पुकारदेवीलाई यसमा सबैलाई सहयोग गरिदिन आग्रह गरेकी छन् ।

२०७८ साउन २४ आइतबार, दिउँसो १२:०५ बजे४ मिनेट पढाइ

सुरेन्द्र कुमार यादव, २४ साउन । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरस्थित एक किशोरीलाई उनको प्रेमीले गर्भवति बनाएर फरार भएको आरोप लगाइएको छ ।
धनुषा जिल्लाको औरही गाउँपालिका वडा नं. ६ बस्ने रबिन्द्र मण्डलले १६ बर्षिय किशोरीलाई गर्भवति बनाएर फरार भएको पीडितको आरोप छ । गर्भवति भएपछि केही दिन सम्पर्कमा भएपनि अहिले फरार सम्पर्कविहिन भएको बताइएको छ ।
गरिखान गाउँ बाहिर खेत समेत नभएको किशोरीको परिवार गाउँमा बस्न आफ्नो निजी घडेरी समेत नभएको अवस्थामा सम्पत्तिको नाम गाँउमा सार्वजनिक चार धुर जग्गामा झोपडी बनाएर बसेकी छन् ।
अरुको खेतबारीमा दैनिकी ज्यालादारी गरेर त्यहीँ झोपडीमा पाँच जना छोरी पालेकी उनकी आमा यतिबेला घरको न घाटको भएको अवस्थामा पुगेकी छन् । किशोरी उमेर र बिना विवाहकै गर्भवति हुनु र बच्चा जन्माउनु यो समाजको लागि अर्को युगको परिकल्पना गर्नु जस्तै रहेको अवस्थामा उनको विच्चली भएको छ ।
दुई छोरीकी विवाह भैसकेको ३ वर्षअघि रोगका कारण श्रीमानको मृत्यु भयो । श्रीमानले जसोतसो दुई छोरीकी विवाह गरिदिए अब बाँकी छोरीकी विवाह गर्ने जिम्मेबारी आमाको काँध आएपनी अझै २ वर्ष १६ वर्षीय साइली छोरीकी विवाह नगर्ने सोच बनाएकी थिइन उनकी आमा पुकारी देवी मंडल ।
“छोरीकी विवाहको लागि गाउँबाटै एक जना प्रस्ताव लिएर आए मैले दुई वर्षको छोरीकी विवाह गर्दिन भनेर उनीहरूलाई फर्काए यसै क्रममा छोरी प्रेममा छिन् त्यो कुरा मैले छरछिमेकीबाटै थाहा पाए ।” किशोरीक आमाले भनिन् ।
छोरीलाई धनुषाको औरही गाँउपालिका वडा नम्बर ६ पोखरभिडांका बस्ने २० वर्षीय रविन्द्र मंडलसँग दुई वर्षदेखि प्रेम परेकी किशोरीको अहिले विच्चली भएको छ ।
मण्डलसँग प्रेममा रहेकी किशोरीलाई केहि महिनापछि छोरीले महिनवारी बन्द भएको र पेटमा दर्द भइरहेको कुरा सुनाइन् । त्यही कुरा किशोरीकी आमा पुकार देवीले आफ्नो देवरलाई सुनाइन् ।
देवरले छरछिमेकीलाई जानकारी गराएपछि छरछिमेकीले त्यो कुरा केटा पक्षको परिवारलाई जानकारी गराउन सल्लाह दिए । “मैले रविन्द्रको आमालाई बोलाए सँगै टोलपरोसका केही व्यक्तिलाई बोलाए सबैको बीचमा गर्भ चेकजाँच गर्ने किट मगाए र छोरीकी गर्भ चेक गर्न लगाए चेक गरेपछि छोरी गर्भवति ठहरिन्”– पुकारदेवीले थपिन् ।
समाजको सल्लाह अनुसार, सोही टोल बस्ने रबिन्द्र (प्रेमी) की आमालाई बोलाएर सबै कुरा सुनाएपछि रबिन्द्रकी आमाले गर्भमा आफ्नो छोराको बच्चा नरहेको भन्दै किशोरीलाई अस्विकार गरिन् ।
त्यसपछि किशोरीले फोन मार्फत सबै कुरा रबिन्द्रलाई सुनाइन् । रबिन्द्रले सुरुमा उनलाई जसरी पनि अपनाउने निधो गरेको विश्वास दिलाए । “जसरी भएपनि म तिमीलाई राख्छु, छोरा भए वा छोरी त्यसको मतलव छैन, मेरो आमाले नचाहिँदैमा तिमीलाई छाडदिन”– रबिन्द्रले आश्वासन दिएको पीडित किशोरीले सुनाइन् ।
सोही आशा भरोसामा विश्वास गरेर किशोरी पक्षले पेटमा रहेको बच्चालाई जन्म दिने निधो गरिन् । प्रेमीको कुरा सुनेर आसा पालेकी किशोरीले बच्चा जन्माउने दृढ भइन् । गर्भ बसेको चार महिना वितिसक्दा पनि रबिन्द्रले किशोरीलाई लग्ने कुनै तुक देखाएनन् ।
गर्भवति भएकी किशोरीले पाँच महिनासम्म रबिन्द्रको प्रतिक्षा गरिन् । रबिन्द्रको परिवारजनले उनलाई बुहारीको रुपमा स्वीकार गर्ने भनेर आसा पलाउँदै गइन तर अचानक रबिन्द्र पनि सम्पर्क विहिन भए ।
यसरी नै उनको परिवारजनले पनि उनलाई आलटाल गर्दै जाँदा पुकारदेवीलाई चिन्ता बढन थाल्यो । यस विषयमा निरन्तर गाउँलेहरुसँग सर सल्लाहमा जुटदै पीडित किशोरीकी आमाले जातका माइजन जवारसम्म समेत छलफल गरिन् तर रबिन्द्र सम्पर्कविहिन भए ।
गाउँका पँचहरुले केटापक्षबाट किशोरी पक्षलाई दुई लाख रुपैयाँ दिएर अन्तै कतै विवाह गराउन निष्कर्ष दिएको पनि सुनाइन् । दुईलाखको कुरा र अन्तै विहे गर्ने कुरा भनेपछि किशोरीले अस्वीकार गरेकी थिइन् ।
त्यसपछि सोही पँचहरुले उनलाई पाँच लाख रुपैयाँ लिएर अन्तै विवाह गरिदिन भनेपछि पनि किशोरीले पँचहरुको कुरालाई नमान्दै रबिन्द्रसँगै विवाह गर्ने अडान राखिन् । केही दिनपछि सम्पर्कविहिन भएका रबिन्द्रलाई खोजिदिन नजिकको प्रहरीमा उजुरी गरेको थियो ।
प्रहरीले खोजतलास गरेपनि भेटाएनन् । उनको परिवारले उनलाई अन्य ठाउँमा लुक्न लगाएको आरोप पुकारदेवीको छ । बच्चालाई जन्म दे भन्दै आसा दिलाएका रबिन्द्र अहिले उनलाई बच्चा भएपछि फरार भएका छन् ।
गत साउन ८ गते जनकपुरस्थित एक निजी हस्पिटलमा किशोरीले छोरीको जन्म दिइन् । त्यसअघि किशोरीको स्वास्थ्य अवस्था नाजुक भएको अवस्थामा पनि उनलाई अपरेशन गरेर बच्चा भएको बताइएको छ ।
अत्यन्तै गरिब परिवार रहेको पुकारदेवीकी छोरीलाई कुमारीमै बच्चा भएपछि समाजको दृष्टिकोणपनि उनीहरुप्रति बदलिएको बताउँछन, तर रबिन्दलाई खोज्न कोही पनि मदत नगरिदिएको बताएकी हुन् ।
“प्रेममा हुदाँहुदै छोरीले बच्चा जन्माइन केटाको परिवारले राख्न मानिरहेको छैन एक त अविवाहित छोरीले बच्चा जन्माइन त्यसमा समाजले हेलाको दृष्टिले हेरिरहेको बोझ छदै थियो । त्यसमा आर्थिक ऋण पनि थपिएको छ ।”– पुकारदेवीले भनिन् ।
आर्थिक ऋण र छोरीकी भविष्य के होला चिन्ता लागेको बताउँदै पुकारदेवीले अझै दुईवटा छोरीको विहेको चिन्ताले सताएको बताइन् । “पहिल्यैदेखि बिबाह गर्दिन गर्भपतन गराइए हाल भनेको भएको इच्छा नहुदा पनि समाजमा बस्न र छोरीको नयाँ जीवन बसाउनको लागि गर्भपतन गराउन सकिन्थ्यो, तर अब त्यो अवस्था पनि रहेन अब त राख्ने पर्छ मलाई, जहिलेसम्म लड्नु पर्छ लड्छु तर उनको ज्यादती सहेर बस्दिन चाहे जे होस ।”– उनले भनिन् ।
यसका साथै, पुकारदेवीलाई यसमा सबैलाई सहयोग गरिदिन आग्रह गरेकी छन् ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…