सिरहामा 'मोहनको माल' लाई प्रहरीको सँरक्षण, तस्करसँग फोनमै डील
माडर नाकाका भन्सार कर्मचारी, डयुटीमा खटेका सुरक्षाकर्मी पनि तस्करलाई सघाएर सरकारको राजस्व छली गर्न सहयोग गरेको प्रष्ट हुन्छ ।

२०७८ साउन २३ शनिबार, बिहान ८:४५ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, सिरहा । बारम्बार तस्करहरुसँगको सेटिँगले विवादमा रहँदै आएको सिरहा प्रहरीले सिरहाको विभिन्न नाकाबाट तस्करलाई लाइन दिएको खुलेको छ ।
सिरहाको मुख्य नाका माडरबाट दिनहुँ लाखौंको समान प्रहरीले बिना भन्सारको पास गराउँदै आएको खुलेको छ । भारतबाट भन्सार छली गरी ल्याउने समानलाई प्रहरीले तस्करलाई लाइन दिनेको गरेको छ ।
सिरहा भन्सारबाट प्रहरीले तस्करहरुलाई मात्र नभएर सिरहाका मध्यमदेखि ठुला व्यापारीहरुलाई समेत लाइन दिएको छ । व्यापारीहरुसँग महिनबारी रकम लिएर उनीहरुलाई बिना भन्सारकै समान पास गराई करोडौँको भन्सार छली गराउन सहयोग गरेको देखिएको छ ।
सिरहाको माडर नाकाबाट एक दिनमा लाखौंको समान झिकाउने सिरहाका व्यपाारी मोहन यादवको मालसमान विभिन्न सवारीबाट भित्रयाउने गरेको छ । जसको लागि प्रहरीसँग सेटिँग गरी फोन कलको भरमा छाडने गरेको छ ।
शुक्रबार माडर नाकाबाट लाखौंको समान व्यापारी मोहन यादवले मगाए । उनले केही समान मोटरसाईकलमा, केही समान बस मार्फत मगाएको देखिए । न्यूज ब्यूरोका सिरहा प्रमुख सबिन यादवले मोहनको माललाई पछयाउँदै गर्दा त्यहाँ प्रहरीसँग सेटिँग भएको देखियो ।
व्यापारीका एक मान्छेलाई रोकाएर सोधपुछ गर्दा बोरा भित्र राखिएको रजनीगन्धा, सागर दुधको प्याकेटहरु व्यापारी मोहन यादवको रहेको खुलाए । न्यूज ब्यूरोकर्मीले प्रहरीलाई जानकारी गराएपछि केही बेर रोकिएको थियो ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…