सिरहा मा ७०.७९ प्रतिशत मतदान
२ तेस्रो लिँगीले पनि मतदान गरे

२०७४ मंसिर २१ बिहीबार, राति १०:५९ बजे१ मिनेट पढाइ

सिरहा, २१ मंसिर । सिरहामा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा सिरहा जिल्लामा ७०.७९ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत सुदर्शनराज पाण्डेले भनेको दुर्गम क्षेत्रका मतदान अधिकृतसँग सम्पर्क हुन नसकेकाले प्रतिशत केही घटबढ हुनसक्ने बताउनुभयो ।यस चुनावमा सिरहामा एघार हजार चार सय ७५ मतदाता संख्या बढेको कारन ५ वटा मतदान केन्द थपिएको थियो ।
४३६ मतदान केन्द्र रहेको जिल्लामा १ लाख ६० हजार २ सय ६७ महिला,१ लाख ८४ हजार १ सय १ पुरुश र तेस्रो लिङी २ रहेको छ । जम्मा मतदान संख्या ३ लाख ४४ हजार ३ सय ७० मतदाता रहेको जिल्लाका मतदाताले ४३६ मतदानस्थल बाट आफ्नो मताधिकारको प्रयोग गरेका छन् ।
जिल्ला भरीको मतदान केन्द्रमा शान्तिपूर्ण मतदान भएको छ । मतदानपछि आजै अबेर रातिसम्म मतपेटिका जिल्लामा ल्याइने र सर्बदलिय छलफल गरेर भोलि शुक्रबार बिहानदेखि मतगणना सुरु हुन सक्ने मुख्य निर्वाचन अधिकृत सुदर्शराज पाण्डेले बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…