जनकपुरः MBBS को परीक्षामा वाकीटाकीबाट चोरी, परीक्षार्थी निष्काशित
कलेजले नै भारतीय विद्यार्थीलाई परीक्षामा चोरी गर्ने व्यवस्थापन मिलाएको छ ।

२०७८ साउन २० बुधबार, बिहान ९:०५ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, २० साउन । धनुषाको रमदैया स्थित जानकी मेडिकल कलेजमा फिल्मी शैलीमा वाकीटकी डीभाइस प्रयोग गरी चोरी गरेको पाइएको छ ।
मेडिकल कलेजमा पढाइ नभएपछि परीक्षामा परीक्षार्थी चोरीकै भर परेको छ । वर्षभरी कलेजमा पढाइ नभएपछि एमबीबीएस चोथौ वर्षको परीक्षामा सामेल विद्यार्थीहरु वाकीटकीको डीभाइस प्रयोग गरी परीक्षामा चीट चोरी गरेको पाइएको हो ।
एमबीबीएस परीक्षा केन्द्रमा मोवाइल नेटवर्क बन्द गर्न ज्यामर लागेको कक्षामा विद्यार्थीले एन्टी ज्यामर वाकीटकी डिभाइसबाट चोरी गरिरहेका छन ।
कलेजका उच्च तहका कर्मचारीकै मिलोमतोमा जानकी मेडिकल कलेजको एमबीबीएस परीक्षामा डीभाइसको माध्यमबाट चोरी भएको पाइएको हो ।
परीक्षामा चोरी गर्न प्रयोग भएको डीभाईस जानकी मेडिकल कलेजको चौथो वर्षमा अध्ययनरत्त विद्यार्थीले नै सप्लाइ गरेको समेत खुलेको छ । भारतीय विद्यार्थी बन्टी भन्ने कुमार शैरभले ५० हजारको दरले परीक्षार्थीलाई चोरी गर्ने उच्च प्रवीधिको डीभाइस उपलब्ध गराइरहेको छ ।
बन्टीले परीक्षा दिँदै गरेका ५ जनालाई डीभाइस उपलब्ध गराएका छन् । सप्लायर्स सौरभले नेपाली मोबाइल नं. ९८१६८९०९१० र भारतीय मोबाइल नं. ८८७७६१७१५५ बाट डीभाइसको मोलतोल गरेको पाइएको छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…