डाक्टर बिनाको गैर–कानुनी आनन्द पोलिक्लीनक, डाक्टरको डिग्री फर्जी ?
पोलिक्लीनकमा ५ बेडको लागि मात्र दर्ता रहेको स्वीकारे । तर, कानुनी प्रक्रियामा रहेको बताए ।

२०७८ साउन १६ शनिबार, बेलुकी ७:२५ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । प्रदेश नम्बर २ को रौतहट जिल्लास्थित एक पोलिक्लीनिक नै गैर–कानुनी रुपमा सँचालनमा रहेको पाइएको छ ।
रौतहटको गरुडा नगरपालिका वडा नम्बर ५ शिवनगर स्थित रहेको आनन्द पोलिक्लीनिक एण्ड एक्यूपँचर सेन्टर प्रा.लि. नामक पोलिक्लीन गैर कानुनी रुपमा सँचालन हुँदै आएको छ ।
विगत ५ बर्षदेखि नै सँचालनमा रहेको सो पोलिक्लीनिकमा एउटा नै डाक्टर नरहेको बताइएको छ । पोलीक्लीनिकको लागि ५ बेडको सैया सँचालनमा राख्नुपर्ने भएपनि यी पोलिक्लीकमा २५ बेडसम्म सँचालनमा रहेको पाइएको छ ।
पोलिक्लीनिकका चिकित्सक उमेश जयसवालसँग भारतबाट किनेर ल्याएको फर्जी डिग्री रहेको आरोप छ । उनले कोलकत्ताबाट पढेर बिना काउन्सिल नम्बरकै गैर–कानुनी रुपमा पोलीक्लीनकमा विरामी चेकजाँचदेखि उपचारसम्म गरिरहेको बुझिएको छ । यसबारे उनको डिग्रीको सबालमा उनले देखाउन मानेनन् ।
एउटा चिकित्सकको एउटा काउन्सिल नम्बर हुनुपर्नेमा डा. जयसवालले विभिन्न काउन्सिलहरु उल्ल्ेख गरका छन् । एकुपँचर डिग्री गरेर उनले डाक्टर लेख्न नपाएपनि उनले बोर्डमा आफूलाई डाक्टर लेखेका छन् ।
जयसवालले आफूलाई बरिष्ठ डाक्टरको रुपमा परिचय दिँदै आएका छन् । उनले पोलिक्लीनकमा ५ बेडको लागि मात्र दर्ता रहेको स्वीकारे । तर, कानुनी प्रक्रियामा रहेको बताए ।
जानकारी अनुसार, सो पोलिक्लीनकमा एउटा एम.बि.बि.एस. डाक्टरलाई ढाल बनाएर प्रयोग गरिरहेका छन् । जयसवालसँग फर्जी काउन्सिल नम्बर रहेको बुझिएको छ । यद्यपी, यसबारे उनले केही बोलेनन् ।
केही दिन अगाडी रौतहटका प्रमुख जिल्ला अधिकारीको टोलीले सो पोलीक्लीनकबाट लेटरहेडहरु उठाएर लगेको बुझिएको छ । गैर–कानुनी रुपमा सँचालनमा रहेको सो पोलीक्लीनिकसँग प्रशासन समेत मिलेर गैर कानुनी धन्दा सँचालन गरेको आरोप स्थानीयको छ ।
यता, पोलीक्लीनिकका सँचालक शिव शँकर साहले अस्पतालमा दुईवटा एम.बि.बि.एस. डाक्टर कार्यरत रहेको बताएका छन् । उनका अनुसार, डा. आरपी यादव र डा अनिल कुमार सो पोलीक्लीनिकमा कार्यरत रहेका छन् ।
पोलीक्लीनिकको मेडिकल अफिसर समेत राखेको भन्दै त्यसको लागि डा. राम प्रगास यादव कार्यरत रहेको दाबी गरेको छ । जिल्ला प्रशासन कार्यालय रौतहटको टोलीले केही कागजातहरु लगेको स्वीकार गर्दै चिकित्सकको मार्कसिट, डिग्रीहरु अध्ययन गर्ने भनेर लगेको दाबी गरिएको छ ।
सँचालक साहले जनस्वास्थ्यबाट ५ बेडको मात्र स्वीकृति भएपनि नगरपालिकाबाट २५ बेडको स्वीकृति लिएको दाबी गरिएको छ । यद्यपी, नगरपालिकाले २५ बेड सँचालनको लागि अनुमति दिने कानुन भने नरहेको बुझिएको छ । २५ बेड पनि सँचालन गर्नको लागि जनस्वास्थ्यबाट नै अनुमति लिनुपर्ने प्रावधान छ ।
डाक्टर उमेश जैयसवालको सन्दर्भमा सँचालक साहले उनी एक कर्मचारी मात्र रहेको बताएका छन् । उनी डाक्टर नभएर एक्युपँचर मात्र रहेको बताईएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…