बेपत्ता भएकी प्रितीको लास इनारमा
बालीकाको हत्यामा स्थानिय कै संलग्नता हुन सक्ने स्थानिय तथा आफन्तले आशंका गरेको छ ।

२०७८ साउन १५ शुक्रबार, दिउँसो १२:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, १५ साउन । प्रदेश नम्बर २ को धनुषाजिल्लास्थित एक बालिकाको लास इनारमा फेला परेको छ । उनी विगत ५ दिनदेखि घरबाटै बेपत्ता भएकी थिइन् ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर १० बरमझीया निवासी विरेन्द्र कुमार यादवकी ६ वर्षीय छोरी प्रिति कुमारी यादवको लास गाँउको ईनार भित्र भेटिएको हो ।
गत साउन ११ गते सोमवारदेखि हराई रहेकी प्रिति शुक्रवार घर नजिकै रहेको ईनार भित्र पानीमा तैरिरहेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रहरीका अनुसार शव र घटनास्थलको प्रकृति हेर्दा बालिकाको हत्या भएको देखिन्छ । पोस्टमार्टमका लागि शव प्रदेशिक अस्पताल जनकपुर पठाइएको छ ।
रिपोर्ट आएपछि घटनाको वास्तविकता थाहा हुने जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षक प्रकाश रानाभाटले बताए ।
बालीकाको हत्यामा स्थानिय कै संलग्नता हुन सक्ने स्थानिय तथा आफन्तले आशंका गरेको छ ।
यता, प्रहरीले ईनारबाट बालिकाको लास निकालन खोज्दा आफन्त तथा स्थानियहरुले न्यायको माग गर्दै सकड समेत अवरुद्ध गरेका थिए ।
प्रहरीबाट घटनाबारे छिटो अनुसन्धान गरि दोषीलाई कार्यावाही गरिने बाचा गरेपछि लास ईनारबाट बाहिर निकालिएको थियो ।
ईलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक राजेश सिङेलले मृ–त्यु शंकास्पद रहेको र अनुसन्धान भइरहेको बताए ।
बालिकाको बुबा विरेन्द्र यादव रोजगारका सिलसिलामा भारतमा बसिरहेका छन् । प्रितिको शँकास्पद मृत्यूले परिवार शोकाकुल भएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…