प्रदेश २ः युवतीलाई ओरकेष्ट्रामा नोकरी लगाइने भनी भारतमा बेच्न लग्ने यी दुई युवति पक्राउ
घटनामा अन्य तीन जनाको सँलग्नता खुल्न आएको भन्दै तीनै जना फरार रहेको र उनीहरुको खोजी कार्य तीव्र पारिएको पर्सा प्रहरीले जनाएको छ ।

२०७८ साउन १३ बुधबार, बेलुकी ७:१७ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, १३ साउन । भारतमा आर्केस्ट्रामा नृत्य गर्ने काममा लगाइदिने भनी बेच्ने लगिएको खुल्न आएको छ । सो आरोपमा दुई युवतिलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा झापाको बिर्तामोड वडा नं. ९ बस्ने २० बर्षिय लक्ष्मी दास र सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका वडा नं. १२ बस्ने बर्ष १९ की खुस्बु विश्वकर्मा रहेकी छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साले चार नेपाली युवतीको उद्धार गरेको थियो । जिल्ला प्रहरी कार्यालय पर्सा र माइती नेपालको संयुक्त प्रयासमा उनीहरुलाई उद्धार गरिएको थियो ।
वीरगञ्जबाट करिब ३० किमी टाढाको भारतीय सहर छौडादानोबाट ती युवतीहरुलाई उद्धार गरी नेपाल ल्याइएको थियो । सोही क्रममा अनुसन्धान गर्दै जाँदा उनीहरुले दुई युवतिको नाम खोलेका हुन् ।
उद्धार गरिएका युवतीमा तीन जना झापाका र एक जना सुनसरीका छन्। जसमध्ये एक जना १६ वर्षीय र बाँकी ३ जना १९ र २० वर्ष उमेर समूहका युवती रहेका खनालले बताए। उनीहरुलाई नेपाल ल्याएर अभिभावकको जिम्मा लगाइएको हो ।
पहिलेदेखि नै आर्केस्ट्रामा नृत्य गर्दै आएकी एक युवतीले बाँकी तीन युवतीलाई आर्थिक प्रलोभनमा पारेर भारत लगेको पाइएको प्रहरीले जनाएको छ। गत साता मात्रै उनीहरु बाराको कवही नाका हुँदै लुकिछिपी भारत प्रवेश गरेको थियो ।
झापा जिल्लाबाट एक जना १६ वर्षीया बालिका र १ जना २० वर्षीया युवती गरी २ जनालाई भारतको विहार राज्यस्थित छौँडादानो भन्ने स्थानमा पुर्याई बेचबिखन भइरहेको भन्ने सूचना प्राप्त अनुसार प्रहरीले खोजबिन सुरु गरेको थियो ।
सोमबार गते खटिएको टोलीले भारतीय काउन्टरपार्ट्ससँग समन्वय गरी उल्लेखित पीडित बालिका तथा युवतीको उद्धार गरी उनीहरूलाई सोधपुछ गर्दा उनीहरुलाई विश्वासमा पारी “पर्साको बीरगञ्ज शहरमा पुर्याई अर्केष्ट्रामा आकर्षक तलब हुने काम लगाइदिने” प्रलोभन देखाएको खुलेको छ ।
बीरगञ्ज बसपार्कसम्म ल्याई काम गर्ने ठाउँसम्म पुर्याउने भनी झुक्याएर भारतको बिहार राज्यको छौँडादानो भन्ने स्थानमा लगी मोबाइल फोन खोसेको थियो ।
एक कोठामा राखेर दुवै जनालाई भारतकै अन्य स्थानमा पठाउने तयारी भइरहेको खुल्न आएको प्रहरीले जनाएको छ । उनीहरूलाई झुक्याई बेचबिखन गर्ने उद्देश्यले लैजाने कार्यमा संलग्न खुस्बु र लक्ष्मीलाई प्रहरीले पक्रा गरेको हो ।
यस घटनामा अन्य तीन जनाको सँलग्नता खुल्न आएको भन्दै तीनै जना फरार रहेको र उनीहरुको खोजी कार्य तीव्र पारिएको पर्सा प्रहरीले जनाएको छ ।
लक्ष्मी र खुस्वुलाई पक्राउ गरी थप अनुन्धान प्रक्रिया अगाडी बढाएको छ । उनीहरुले मानव बेचविखन गर्ने उदेश्यले उनीहरुलाई लगेको भन्दै मानव बेचबिखन सम्बन्धी मुद्दा दायर गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…