निर्घात कुटपिट गरी नदीमा फालिएका युवकको मृत्यू, चार जना पक्राउ !
उनलाई एम्बुलेन्स मार्फत विराटनगर लगिएकोमा उपचार सुरु गरे लगत्तै उनको मृत्यू भएको प्रहरीले जनाएको छ ।

२०७८ साउन १२ मंगलबार, राति ८:०० बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, १२ साउन । प्रदेश नम्बर २ को धनुषा जिल्ला यदुकुहास्थित कुटपिट गरी नदीमा फालिएको युवकको मृत्यू भएको छ ।
धनुषाको शहिदनगर नगरपालिका वडा नम्बर ३ गोठकुहास्थित निर्घात कुटपिट गरी नदीमा फालिएको शहिदनगर नगरपालिका वडा नं. ३ बस्ने श्रीप्रसाद यादवको छोरा गोबिन्द यादवको उपचारको क्रममा मृत्यू भएको हो ।
मँगलबार बिहान करिब ६:३० बजेको समयमा सोही ठाउँमा रहेको कर्कलो (अरुवा) को झाडीमा फालिएको अन्दाजी बर्ष २१ को यादवको उपचारको क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा मृत्यू भएको इलाका प्रहरी कार्यालय यदुकूहाले जनाएको छ ।
गएराती नै उनलाई कुटपिट गरी झाडीमा फालेर भागेको हुनुपर्ने बुझिएको छ । विहानै स्थानीयवासीहरुले उनलाई झाडीमा बेहोस अवस्थामा देखेपछि उनलाई उपचारको लागि तत्कालै जनकपुरको प्रादेशिक अस्पतालमा पुरयाइएको थियो ।
प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि अस्पतालले थप उपचारको लागि विराटनरस्थित न्यूरो अस्पतालमा रिफर गरेको थियो । उनलाई एम्बुलेन्स मार्फत विराटनगर लगिएकोमा उपचार सुरु गरे लगत्तै उनको मृत्यू भएको प्रहरीले जनाएको छ ।
उनको मँगलबार (आज) २:३० बजेको समयमा उपचारको क्रममा मृत्यू भएको बताइएको छ । सोही घटनाको आरोपमा प्रहरीले केही जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय यदुकूहाका इन्सपेक्टर सँवित भण्डारीले जानकारी दिए ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…