धनुषामा ' डिजे' ले लियो 'जीतनी देवी' को ज्यान
न्यूज ब्यूरो || धनुषा, २८ फागुन । धनुषामा डिजे प्रतिबन्ध गरिएपनि डिजेकै कारण एक महिलाको ज्यान गएको छ । आईतबार साँझ करिब ५ बजेको समयमा धनुषाधाम नगरपालिका वडा नं. ५ उत्तरबारी टोल नौसय विघा बस्ने महादेव महतोकी ४६ बर्षिय श्रीमति जितनी देवी महतोको ज्यान गएको हो । चर्को स्वरमा बजिरहेको डिजेको कारण हृदयघात

२०७४ फागुन २८ सोमबार, दिउँसो ३:०५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
धनुषा, २८ फागुन । धनुषामा डिजे प्रतिबन्ध गरिएपनि डिजेकै कारण एक महिलाको ज्यान गएको छ ।
आईतबार साँझ करिब ५ बजेको समयमा धनुषाधाम नगरपालिका वडा नं. ५ उत्तरबारी टोल नौसय विघा बस्ने महादेव महतोकी ४६ बर्षिय श्रीमति जितनी देवी महतोको ज्यान गएको हो ।
चर्को स्वरमा बजिरहेको डिजेको कारण हृदयघात (Hear Attack) भई महतोको मृत्यू भएको प्रहरी चौकी उमाप्रेमपुरले न्यूज ब्यूरोसँग भने ।
स्थानीय बाला सादा मुसहरको छोरीको बिहेमा चर्को स्वरमा बजाएको डिजेका कारण महतोको हृदयघात भएको जनाइएको छ ।
धनुषाधाम नगरपालिकामा सम्पन्न परिषदबाट नगरपालिका भित्र डिजे प्रतिबन्ध गरिएको छ ।
यता, धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलले भने त्यो घटनालाई भविततव्य सँज्ञा दिँदै जनचेतना विस्तारै फैलिने बताए ।
सुचनाहरु ठाउँठाउँमा जारी गरिसकेका छौँ, माईकिँग, बैनर र अन्य माध्यम पनि अपनाइरहेका छौँ, यसको लागि स्थानीय प्रशासन र युवाहरु तथा स्थानीयवासीको सहयोग बीना सम्भव छैन त्यति । उनले न्यूज ब्यूरोसँग भने ।
जिल्ला प्रशासन कार्यालय धनुषाले डिजेमा प्रतिबन्ध लगाएपनि जतातत्तै डिजेको विगविगी रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…