गाउँले झगडाको परिणाम

'अहिलेसम्म जाहेरी नै आएको छैन, हामी कुन आधारमा आरोपित थुन्ने ?': इन्सपेक्टर मैनाली

२०७८ श्रावण ७ बिहीबार
दिउसो ४:१६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, ७ साउन । धनुषाको कमला नगरपालिका वडा नं. ३ लगमा बजारस्थित गत साउन ३ गते भएको सामुहिक कुटपिटको घटनामा प्रहरीले केही नगरेको भन्दै गुनासो र आरोप प्रत्यारोप लागेपछि प्रहरी इन्सपेक्टरले जाहेरी नै नआएको दाबी गरेका छन् । 

गत ३ गते बेलुकी कमला नपा ३ लगमा बस्ने स्थानीय २४ बर्षिय लक्ष्मी भण्डारीलाई सोही स्थान बस्ने सरोज भण्डारी, सत्रुधन भण्डारी र अजबलाल भण्डारीले सामुहिक रुपमा कुटपिट गरी गम्भिर घाईते बनाएको थियो । सो प्रकरणमा प्रहरीले आरोपितहरुलाई पक्राउ गरेपनि छाडन बाध्य भए । 

लक्ष्मी भण्डारीलाई साउन ३ गते बेलुकी कुटपिट गर्दा उनको खुट्टा र हात सहित नाकमा गम्भिर चोट लागेको छ । उनलाई उपचारको लागि प्रादेशिक अस्पतालमा लगिएपनि परिवारजनले भने न्यूरो अस्पताल विराटनगर लगेको हो । 

इलाका प्रहरी कार्यालय खजुरीका प्रहरी ईन्सपेक्टर रबिन मैनालीका अनुसार, घटना भएको ४ दिन वितिसक्दा पनि कसैले जाहेरी नदिएको कारण पक्राउ गरिएकाहरुलाई छाडिएको बताए । उनले कानुन अनुसार बिना आधारको धेरै दिनसम्म थुनुवामा राख्न नमिल्ने भएपछि उनीहरुलाई छाडिएको बताएका छन् । 

केही स्थानीय नेताले राजनीतिक रोटी सेक्नको लागि दुई पक्षबीचको झगडालाई बबण्डर बनाउन खोजेको आरोप पनि स्थानीयहरु लगाउँछन् । दुई पक्षबीचको झगडालाई मुद्दा बनाएर चुनावी प्रचार गर्ने योजनामा केही मुखौटा रहेको आरोप पनि छ । 

घटना भएको भोलीपल्टदेखि नै न्यूज ब्यूरोका एक सहकर्मीले सो घटनाको जरासम्म बुझनको लागि स्थलगत रिपोर्टिँग गरेका छन् । त्यहाँका स्थानीय र स्थानीय प्रशासनसँगको समन्वयमा घटनाको प्रारम्भिक र भित्री अनुहार उखेलेको छ । 

कसरी र किन भयो घटना ? 
साउन २ गते शनिबार लगमा बजार थियो । पछिल्लो रिसबीका कारण लक्ष्मी भण्डारीले अजबलाल भण्डारीका छोरा नारायण भण्डारी र उनका भाईलाई मोटरसाईकलबाट तानेर कुटपिट गरयो । लगमा बजारमा सयौँैको सँख्यामा रहेको आम नागरिकबीच लक्ष्मीले नारायणलाई कान पनि टोकिदिए । (सिसिटिभी फुटेज र प्रत्यक्षदर्शीको भनाई) 

लक्ष्मी भण्डारी उनका केही साथीहरु मिलेर भण्डारी दाजुभाईलाई निर्घात कुटपिट गरयो । एक्लै भएको अवसर खोजेर लक्ष्मीले दुवै दाजुभाईलाई निर्घात कुटपिटका साथै कान समेत दाँतले टोकिदिए । 

भोलीपल्ट कुटाई खाएका नारायण भण्डारीले इलाका प्रहरी कार्यालय खजुरीमा लक्ष्मी सहित उनका सहयोगीहरुको नाममा निवेदन हाले । प्रहरीले खोजविन सुरु गरे तर भेटाएनन् । ३ गते दिउँसो लक्ष्मीलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय खजुरी लगियो । केही बेरमा उनका बुवाले आईन्दा छोराले अब केही नगर्ने भनेर जमानतमा छुटाएर ल्याए । 

सोही दिन मातेका लक्ष्मीले साँझ अजबलाल भण्डारीको घरमा गएर पुनः धाकधम्की लगाउँदै गाली गलौज गर्न थाले । अजबलालको बाउण्ड्रीभित्र पसेर लक्ष्मीले तथानाम गाली गर्न थाले । त्यसपछि आक्रोसित अजबलालको छोराहरुले उनलाई समातेर निर्घात कुटपिट गरयो । 

अजबलालको घरमा बिहे कार्यक्रम भएर विभिन्न ठाउँबाट अतिथिहरु आएको भएपनि लक्ष्मीले अतिथिहरुकै अगाडी तथानाम भन्न थालेपछि उनलाई कुटपिट गरिएको बुझिएको छ । यता, लक्ष्मी पक्षधरहरुले उनलाई सडकबाट तानेर भित्र लगी कुटपिट गरेको बताए पनि यसको कुनै तुक नै नरहेको प्रहरीले जनाएको छ । 

प्रहरी ईन्सपेक्टरले स्थानीयहरुलाई उदृत गर्दै लक्ष्मीले बलपूर्वक उनको घरमा पसेर गालीगलौज गरेपछि घटना भएको हो । उनले भने,–“यदि सडकबाट समातेको भए उ हल्ला पनि उठाउन सकिन्थ्यो, गुहार गर्न सकिन्थ्यो, चिच्याउन सकिन्थ्यो , तर त्यस्तो केही थिएनन् । लक्ष्मीले नै बदमासी गरेकोले घटना भएको देखिन्छ ।”

सोही दिन प्रहरीले उनलाई छाडेपछि लक्ष्मीमा अहम पैदा भयो । सोही अहमका कारण उनले पुनः उनको घरमा गएर गाली गलौज गर्न थालेपछि झगडा भएको देखिन्छ ।  


दुवै पक्षको बर्षौ पुरानो रिसबी 
अजबलाल भण्डारी र लक्ष्मीका बुवा रामाकान्त भण्डारीको पुरानो झगडा छ । उनीहरुबीच पटक पटक झै झगडा भएको रेकर्ड छ । गत बर्ष मात्रै लक्ष्मीपक्षले अजबलाल पक्षबाट उनको जेठो छोरालाई धारिलो हतियार प्रहार गरी गम्भिर घाईते बनाएका थिए । सो क्रममा ज्यान मार्ने उद्योग मुद्दा समेत लागेर केही महिना जेल समेत बसेको थियो । 

गत वर्ष ज्यान मार्ने उद्योग मुद्दामा अदालतले जेल सजाय सुनाएको थियो भने छुटेर आएपनि पुनः झै झगडा सुरु भएको छ । 

जानकारी अनुसार,  लक्ष्मी लागुऔषध सेवनकर्ता समेत रहेका छन् । साथीहरुसँग लहै–लहैमा पटक पटक अजबलाल भण्डारीको घरमा गएर थर्काउने, झगडाको निहुँ खोज्दै आएका थिए । 

साउन २ गते शनिबार बजारमा लक्ष्मी सहित उनका अन्य साथीहरुले अजबलालका छोराहरुलाई कुटपिट गरी चारचक्के गाडी समेत तोडफोड गरिदएको छ । 

ईलाका प्रहरी कार्यालय खजुरीका अनुसार, चारचक्के गाडी क्षतिग्रस्त भएको छ । कम्तीमा पनि ३ लाख रुपैयाँ बराबरको क्षति भएको हुन सक्छ । चारचक्के गाडी अहिले पनि बजारमै थन्काइएको छ । 

के छ अहिलेको माहौल ?
गत आईतबार साँझ झगडा भएपछि टोलमा भागमभाग भयो । केही राजनीतिक दलका नेताहरु आफ्नो रोटी सेक्नको लागि आफ्ना केही वफादारहरुलाई उक्साएर प्रहरीले मिलोमत्तो गरेको भनेर प्रचारवाजी गराए । 

इलाका प्रहरी कार्यालय खजुरीको टोली पुगेपछि कुटपिट गरेको अजबलाल भण्डारीसहित उनका दुई छोरालाई समेत पक्राउ गरी नियन्त्रणमा राख्यो । दुई दिनपछि उनीहरुलाई प्रहरीले छाडिदियो । 

प्रहरी नीरिक्षक मैनालीका अनुसार, उपचारको लागि तत्कालै लक्ष्मीलाई जनकपुरको प्रादेशिक अस्पताल पुरयाएको र त्यहाँको रिपोर्ट अनुसार उनको नाकमा गम्भिर चोट लागेर हड्डी भाँचिएको हो । उनको खुट्टामा समेत चोट लागेको र प्लास्टर गरिएको बताए । हातमा समान्य चोट लागेको अस्पताललाई उदृत गर्दै प्रहरीले भने । 

त्यसपछि भोलीपल्ट लक्ष्मीको परिवारजनले उनलाई सीधा अस्पतालबाट रिफर गराएर विराटनगरस्थित न्यूरो हस्पिटलमा लगियो । अहिले उनको उपचार न्यूरो अस्पतालमै भइरहेको छ । 

लक्ष्मीका परिवारजनले प्रहरीले उनीहरुलाई पक्राउ नगरी आफूसित अन्याय गरेको पनि सुनाए । उनीहरुले प्रहरीले केही पनि चासो नलिएको गुनासो सुनाए । तर, प्रहरीमा अधिकारिक जाहेरी दिनुभन्दा पनि नेताहरु कहाँ, पत्रकारकहाँ मात्र धाइरहेको देखिएको छ । 

प्रहरीले इलाकामा आफूहरु अधिकारिक जाहेरीको प्रतिक्षा गरिरहेको बताउँदै अहिलेसम्म कुनै पनि पक्षबाट कुनै जाहेरी नआएको, कोही अगुवा पनि नआएको, कुराकानीको लागि पनि कोही नआएकोले कानुनी कारवाहीको लागि असहज भएको सुनाए । 

प्रहरी नीरिक्षक मैनालीले परिवारजनबाट जाहेरी आए सोही अनुसार तुरुन्त एक्सन लिए कारवाही प्रक्रिया अगाडी बढाउने प्रतिवद्धता पनि जाहेर गरे । यद्यपी, अहिलेसम्म कुनै पनि पक्षले जाहेरी वा निवेदन भने दिएको छैनन जसको कारण प्रहरीले कसैलाई २४ घण्टाभन्दा बढी थुनुवामा राख्न नमिल्ने सुनाए । 

यस्तो पनि ? 
वडा नम्बर ३ लगमा, भण्डारी टोलमा यादव समुदायको घना वस्ती छ । भण्डारी भएकै कारण उनीहरुलाई दासत्व गराउने भावनाले नियमित प्रयोग गरिदै आएकोमा अब भण्डारी समुदाय आफैंं सम्पन्नताको बाटोमा लागेपछि यादव समुदायका केही व्यक्तिलाई अपच भएको अजबलालका महिला छोरा नारायण भण्डारी सुनाउँछन् । 

बर्षौदेखि त्यहाँ यादव समुदायका केही व्यक्तिहरुले आफू जमिन्दार रहेको भन्दै भण्डारीहरुलाई आफ्नो हलो जोत्न, काम गर्नको लागि दबाब दिदै आएको र अहिले आफूहरु नगरिदिएपछि उक्साएर काण्ड गराउन खोजिएको पनि आरोप लगाए । 

उनले लक्ष्मी अहिले भर्खरका युवक रहेको र उनलाई अहिले सही गलतको ज्ञान नभएको अवस्थामा उनलाई केही स्थानीयले व्यक्तिगत फाईदाको लागि उक्साएर झगडा गराउन अग्रसर पारेको पनि बताए । 

उनले उनीहरुलाई अपच भएकै कारण उनलाई उक्साएर आफ्नो घरमा गाली बेज्जती गर्न पठाएपछि व्यक्तिगत सुरक्षा र आत्मसम्मानको लागि प्रतिकार गरेको बताए । लक्ष्मी पटक पटक झै झगडा गर्न निहुँ खोजेको पनि उनले बताए । 

यता, लक्ष्मीका परिवारजनले भने लक्ष्मीलाई सडकबाट समातेर घरमा लगी मर्ने गरी कुटपिट गरिएको आरोप लगाए । पसलबाट सुर्ति लिएर घर आउँदै गर्दा त्यहाँ बाटोबाटै उठाएर लगी कुटपिट गरेको आरोप लगाएको हो । 

सोही क्रममा इलाका प्रहरी कार्यालय खजुरीका प्रहरी ईन्सपेक्टर मैनालीले लक्ष्मी लगायत अन्य केही किशोर युवकहरुको समूह रहेको बताउँदै उनीहरु नियमित लागु औषध सेवनकर्ता रहेको पनि सुनाए । उनले टयापेहरुको झगडामा अभिभावक समेत पिसिल्एिको र केही जनाले फाईदा उठाउन खोजेको भन्दै यसको निगरानी प्रहरीले गरिरहेको बताए । 

उनले भने, –“हामीले धेरै प्रमाणहरु जुटाएका छौँ, दोषी उम्कन पाउँदैन यति विश्वास राखे हुन्छ । तर, यसमा राजनीतिक फाईदा उठाउनेलाई पनि हामी चिनिरहेका छौं, उनीहरुलाई सबुतको साथ यही गिरफ्तारी हुन्छ ।”
 

  • 0%
  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%

धनुषाको रत्नपुरमा फुटबल टुर्नामेन्ट हुँदै, भिडदैछ यी ९ टीम

  • २०७८ श्रावण ७ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका वडा नम्बर ४ रत्नपुरस्थित फुटबल टुर्नामेन्टको आयोजना गरिएको छ ।  पहिलो पटक मिथिला नगरपालिकाको रत्नपुरमा आयोजना हुने फुटबल टुर्नामेन्ट प्रतियोगितामा ९ वटा टीम सहभागी

पूरा पढ्नुहोस्

Bureau Menus