प्रदेश २ः फेसबुकमा कमेन्ट गरेपछि वडाध्यक्ष झाले युवकलाई भने– 'मादर...द' , दिए यस्तो धम्की !
अरुको हैसियत नखोज्न भनेपछि झन तातिएको वडाध्यक्षले उनलाई धम्काउँदै गरी गाउँमा आएर भेटन भनेको सुनिएको छ ।

२०७८ साउन ५ मंगलबार, बिहान १०:५९ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, ५ साउन । प्रदेश नम्बर २ स्थित एक जनप्रतिनीधिले एक युवकलाई फोन गरी गाली गलौज गरेको अडियो बाहिरिएको छ ।
प्रदेश नम्बर २ को रौतहट जिल्लास्थित दुर्गा भगवति गाउँपालिकाका एक वडाध्यक्षले स्थानीय एक युवकलाई फोन गरी तथानाम गाली गलौज गरेका छन् ।
दुर्गा भगवति गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष धर्मेन्द्र कुमार झा (डिके झा) ले सोही स्थान बस्ने एक युवकलाई फोन गरी गालीगलौज सहित धम्की समेत दिएका छन् ।
सोमबार दुर्गाभगवति गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष झाले सोही वडामा मृत्यू भएका एक विपन्न परिवारलाई आर्थिक सहयोग गरी फेसबुकमा हालेका थिए । किरियामा बसेकासँग रकम सहयोगको फोटो फेसबुकमा हालिएपछि सोही स्थान बस्ने युवक अमित चौधरीले टिप्पणी गरिदिए ।
फेसबुकमा लेखिएको स्टेटसमा युवक चौधरीले –“जनताको पैसा अन्ततः जनताकै हाथ मा।।मृत आत्माको वैकुण्ठमा बास होस्। जय भगवती।” भनेर टिप्पणी गरिदिएपछि वडाध्यक्ष झाले उनलाई फोन गरी “मादर...द” भनेको अडियोमा सुन्न सकिन्छ ।

शुभसमाचार नामक फेसबुक पेजबाट वडाध्यक्ष झाले गरेको सहयोगको बारेमा स्टेटस अपडेट गरिएको थियो । सोही स्टेटसमा अमित चौधरीले टिप्पणी गरेपछि धम्काउँदै गाली गलौज गरेको चौधरीले बताएका छन् ।
फेसबुकमा हालिएको स्टेटस–“मत्सरी निवासी पुर्ण अपाङ्ग नन्दु भगत माली अत्यन्त कष्टपुर्ण जीवन मृत्यु संगको लडाइँमा वहाँको स्वर्गबास भएकोमा वहाँप्रति भाबपुर्ण श्रधान्जली अर्पण गर्दै वहाँको परिवारजनमा गहिरो सम्बेदना साथै निजको परिवार अत्यन्त गरिब रहेकोले क्रिया खर्च तथा शान्ती भोज बापत दुर्गा भगवती गाउपलिका को वार्ड नं.३ मत्सरी को वार्ड अध्य्क्ष डी. के झा को तर्फबाट रु.10000/- दस हजार सहयोग प्रदानका गरएको छ।” रहेको छ भने त्यसमा टिप्पणी गरेपछि चौधरीलाई तिम्रो बाउको पैसा दिएको भनेर धम्काउँदै अश्लिल गाली समेत दिएको सुनिएको छ ।
वडाध्यक्ष झाले उनलाई फोन गरी आफ्नो औकात (हैसियत) भन्दा बढी नलेख्न भन्दै धम्काएको सुनिन्छ । सुरुमा धाकधम्कीको शैलीमा अमितलाई सम्झाएपछि अमितले हैसियतको कुरा नगर्न प्रतिकार गरेको सुनिएको छ ।
त्यसपछि तातिएका वडाध्यक्ष झाले अमितलाई अश्लिल गाली गरेको सुन्न सकिन्छ । अमितले एक जनप्रतिनीधि भएर अरुको हैसियत नखोज्न भनेपछि झन तातिएको वडाध्यक्षले उनलाई धम्काउँदै गरी गाउँमा आएर भेटन भनेको सुनिएको छ ।
अडियो यहाँ सुन्नुहोस् ।
प्रदेश २ः फेसबुकमा कमेन्ट गरेपछि वडाध्यक्ष झाले युवकलाई भने– 'मादर...द' , दिए यस्तो धम्की !
Posted by NewsBureau Nepal on Monday, July 19, 2021
यता, वडाध्यक्ष झाले न्यूज ब्यूरोसँगको कुराकानीमा त्यो अडियो आफ्नो नरहेको दाबी गरेका छन् । उनले चुनाव नजिकिदै जाँदा आफूलाई बदनाम गर्नको लागि डिजिटल अडियो बनाएको पनि आरोप लगाएका छन् ।
उनले अमित चौधरी आफ्नो पछाडी परेको दाबी गरे । उनले राजनीतिक हिसाबले आफूलाई फँसाउन खोजेको बताए । अमित चौधरी काठमान्डौँस्थित मेडिकल कलेजमा एमबिबिएस अध्ययनरत विद्यार्थी हुन् ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…