दारु खाएर एकैपटक चार जनाको मृत्यू, होटल सँचालक पक्राउ !

दुवैको किड्नीमा असर गरेको देखिएकाले डायलासिस चलिरहेको उनले जानकारी दिए ।

२०७८ श्रावण ५ मंगलबार
बिहान ०९:०५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, ५ साउन ।  घरेलु मदिरा (दारु) सेवन गरेका चार जनाको मृत्यू भएको छ । बागलुङको गलकोटमा घरेलु मदिरा सेवन गरेका चार जनाको मृत्यु भएको हो ।

 गलकोट नगरपालिका वडा नम्बर ७ गैराखर्कमा घरेलु मदिरा सेवन गरेका चार जना मजदुरको सोमबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा रोल्पाको सुनिल स्मृती गाउँपालिका(५ का २१ वर्षीय दिपेन्द्र पुन, सोही ठाउँका ३९ वर्षीय दुध बहादुर राना, ५१ वर्षीय रेख बहादुर राना र ३० वर्षीय प्रबिन घर्ती रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हजारीले जानकारी दिनुभयो ।

उनीहरु गलकोट बृहत खानेपानी आयोजनामा काम गर्दै आएका थिए । त्यस्तै रोल्पाको सुनिल स्मृती गाउँपालिका(५ गजुलका ३८ वर्षीय खेमराज घर्ती र सोही ठाउँका २६ वर्षीय रबिन्द्र पुनको अवस्था गम्भीर रहेको हवारीले बताए ।

गैराखर्कमा मजदुरी गर्दै आएका ६ जनाले मदिरा सेवन गरेकोमा चार जनाको उपचारका लागि धौलागिरी अस्पताल ल्याउँदै गर्दा बाटोमै ज्यान गएको र दुई जनाको उपचार भइरहेको छ ।

दुई जनाको धौलागिरी अस्पतालमा उपचार भइरहेको धौलागिरी अस्पताल बागलुङका मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र वि पोखरेलले बताए । 

दुवैको किड्नीमा असर गरेको देखिएकाले डायलासिस चलिरहेको उनले जानकारी दिए । उनीहरुको अवस्था गम्भीर रहेको छ । होटल संचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • 2%
  • 2%
  • 4%
  • 5%
  • 69%
  • 17%

प्रदेश २ः डेढ अर्बको लागतमा पेपर फ्याक्ट्री स्थापना हुँदै, दैनिक ७५ टन उत्पादन हुने

  • २०७८ श्रावण ५ मंगलबार

न्यूज ब्यूरो, ११ साउन ।  महोत्तरीको गौशाला नगरपालिका–१ रामनगरमा रु एक अर्ब ५० करोडको लागतमा नयाँ कागज उद्योग स्थापनाका लागि आज शिलान्याश भएको छ ।  आज आइएमइ समूहका अध्यक्ष तथा उद्यमी

पूरा पढ्नुहोस्

Bureau Menus