युएईमा मधेसीमूलका नेपाली होलीमा झुमे झुमाए
न्यूज ब्यूरो || युएई, २६ फागुन । खाडी मुलुक युएईमा रहेका मधेसी मुलका नेपालीहरुले होली मिलन कार्यक्रममा झुमेका छन् । गैर आवासीय मधेसी संघ दुबईद्धारा आयोजित कार्यक्रममा हर्षोल्लासको पर्व होली मिलन कार्यक्रममा सहभागीहरुले एक आपसमा होलीको शुभकामना आदान प्रदान गर्दै होली मिलन कार्यक्रम गरेको हो । होली मि

२०७४ फागुन २६ शनिबार, बिहान ११:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
युएई, २६ फागुन । खाडी मुलुक युएईमा रहेका मधेसी मुलका नेपालीहरुले होली मिलन कार्यक्रममा झुमेका छन् ।
गैर आवासीय मधेसी संघ दुबईद्धारा आयोजित कार्यक्रममा हर्षोल्लासको पर्व होली मिलन कार्यक्रममा सहभागीहरुले एक आपसमा होलीको शुभकामना आदान प्रदान गर्दै होली मिलन कार्यक्रम गरेको हो ।

होली मिलन कार्यक्रमलाई थप रँगीचँगी बनाउनको लागि प्रख्यात मधेसीमूलका कलाकारहरु समेत सहभागी भएका थिए ।
सँघका अध्यक्ष सँजय कर्णको अध्यक्षता तथा पूर्वअध्यक्ष एवम् वरिष्ठ सल्लाहकार डा. रबिन्द्र कुमार यादवको प्रमुख आतिथ्यमा , सँघका अअन्तराष्ट्रिय कार्यवाहक अध्यक्ष बसन्त कुशवाहाको बिशेष आतिथ्य सम्पन्न होली मिलन कार्यक्रममा मधेस मिथिलाका कलाकारहरु देबेन्द्र सोनी, अभिनेत्री एवम् मोडेल डोली सरकार, गायिका अन्जु यादव सहित युएईका स्थानीय कलाकारहरु बृजेस सिंह, नबिन यादव, सुभास यादव एंड टिम, रामनाथ महरा, प्रमोद कुमार राम लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा डोली सरकार, अन्जु यादव सहितका कलाकारहरुले युएई झुमाएका थिए ।
मेटलक्राफ्ट इनडीस्ट्रिजको सहयोगमा सम्पन्न भएको उक्त कार्यक्रममा विनिस यादब, नरेश यादव, मुस्लिम समाज युएईका महासचिव मोहम्द नौमान सिदीकी, गायक देवेन्द्र सोनी सहित मधेसी मूलका कलाकारहरुको विशेष आतिथ्य रहेको थियो ।

कार्यक्रममा जग नारायण मण्डल र इन्जिनियर अमित कुमार शर्माले उदघोषण गरेका थिए भने राम राउत , सन्तोष ठाकुर, धर्मेन्द्र गोहिवार यादव, बिनोद पासमान, सन्त साह, सरोज यादव, हरिदेव शर्मा, सफल कामत, धनन्जय, राकेश जयसवाल, शम्भु महरा, मनोज यादव, शंकर दास, राम चरण यादव, फुलबाबू साह, ओम पासमान, सुबोध मण्डल, मोहमद सम्साद हुसैन, कृष्णा ठाकुर, ज्ञान कुमार यादव लगायतले कार्यक्रम सँचालन गरेको गैर आवासीय मधेशी मधेशी संघ दुबईका केन्द्रीय उपाध्यक्ष जगनारायण मण्डलले न्यूज ब्यूरोलाई जानकारी गराए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…