अपन मिथिला सेवा समाज कुवेत शाखाको बैठक सम्पन्न
बिनय यादव, २६ फागुन । रोजगारीको सिलसिलामा विभिन्न पेसामा संलग्न रही खाडी मुलुक कुवेतमा बस्दै आईरहेका नेपाली युवाहरुको साझा संगठन अपन मिथिला सेवा समाजको बैठक सम्पन्न भएको छ । बैठक संस्थाका अध्यक्ष मो. आयुब मन्सुरीको अध्यक्षतामा सम्पन्न भएको हो । यस बैठकबाट संस्था बिस्तार लगायत विभिन्न समाजिक विषयहरु

२०७४ फागुन २६ शनिबार, बिहान १०:३० बजे१ मिनेट पढाइ

बिनय यादव, २६ फागुन । रोजगारीको सिलसिलामा विभिन्न पेसामा संलग्न रही खाडी मुलुक कुवेतमा बस्दै आईरहेका नेपाली युवाहरुको साझा संगठन अपन मिथिला सेवा समाजको बैठक सम्पन्न भएको छ ।
बैठक संस्थाका अध्यक्ष मो. आयुब मन्सुरीको अध्यक्षतामा सम्पन्न भएको हो । यस बैठकबाट संस्था बिस्तार लगायत विभिन्न समाजिक विषयहरु माथि छलफल गरिएको छ ।
उक्त कार्यक्रम हिजो मार्च ९ तारिखका दिन एक सार्वजनिक स्थलमा सम्पन्न भएको थियो । बैठकमा बोल्दै संस्थाका अध्यक्ष मन्सुरीले कार्यक्रममा उपस्थित प्रमुख अतिथि, विशेष अतिथि, अतिथि लगायत उपस्थित तमाम दर्शक, कार्यक्रमलाई सफल बनाउनका लागि सहयोगी भूमिका खेल्नुहुने सम्पूर्ण व्यक्तित्वहरुलाई धन्यवाद दिँदै आगामी दिनमा समेत निरन्तरताको अपेक्षा राखेको बताउनुभयो ।
नेपाली समाजमा भइरहेका विभिन्न किसिमका अन्याय, अत्याचार, महिला हिंसा, छुवाछूत, भेदभाव, दहेज प्रथा लगायतका जल्दाबल्दा समस्याहरु समाजबाट अन्त्य गर्ने यस संस्थाको प्रमुख उद्देश रहेको मिथिला सेवा समाज कतार शाखाका अध्यक्ष मन्साराम यादवले बताउनुभयो ।
साथै, रोजगारीका सिलसिलामा आफ्नो जन्मभूमि छोडेर अन्य-अन्य देशलाई कर्मभूमि बनाई श्रम गरिरहनु भएका नेपालीहरुलाई अपन मिथिला सेवा समाजसँग आवद्ध हुन आग्रह गरिएको छ । यस संस्थाको प्रधान कार्यालय जनकपुरमा रहेको छ ।
उक्त बैठकमा कार्यसमितिका पदाधिकारीहरु, सल्लाहकार समिति लगायत रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत नेपालीहरुको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…