कस्तो समाज ?

आफ्नै श्रीमति र छोराले ओठको सिलाई गरे, त्यसपछि हातखुट्टा बाँधेर जिउँदै फालिदिए 

भुक्तभोगी बनेका भोलालाई उनकै छोरा र श्रीमतिले उनको मुखलाई सिलाई गरी बाँधेर रेल्वे पटरीमा फालिदिएका थिए ।

२०७८ श्रावण १ शुक्रबार
बिहान १०:५५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो । आफ्नै छोरा र श्रीमति मिलेर एक वृद्धको मुख सिलाई गरेर हातखुट्टा बाँधी फालिदिएको घटना बाहिर आएको छ । 

छिमेकी मुलुक भारतको झारखण्ड राज्यस्थित पलामु जिल्लामा एक वृद्धलाई मुखको ओठ सिलाई गरी रेल्वे पटरीमा फालिदिएको घटना बाहिर आएको छ । स्थानीय ६५ बर्षिय भोला रामको ओठ सियो धागोले सिलेर पटरीमा फालिएको अवस्थामा भेटिएको हो । 

बुधबार बिहान सिगसिगीस्थित रेल्वे पटरीमा बाँधिएको अवस्थामा भोला राम भेटिएको हो । उनको मुख सिलिएको अवस्थामा हातखुट्टा बाँधिएको अवस्थामा फेला परेको स्थानीय प्रहरीले जनाएको छ । 

पलामु जिल्लाको उँटारी रोड थानाको भीतिहारा गाउँको मँझलीघाट टोल बस्ने भोला राम राती पिसाब फेर्न बाहिर निस्केको बेला केही जनाले उनलाई समातेर लगेको बताएको छ । प्रहरी समक्ष दिएको बयानमा उनले केही जनाले उनलाई उठाएर लगेको थियो । 

भोलाले पहिलो श्रीमतिबाट जन्मेका छोरा र दोस्रो श्रीमति सबिता देवीले मिलेर अन्य केही जनासहित उनलाई कुटपिट गर्नुका साथै मुख समेत सिलाई गरिदिएको हो । 

कुटपिट गर्दै जबरदस्ती भोलाको मुखलाई सिलाई गरी राती करिब ११ बजेको समयमा रेल्वे पटरीमा डोरीले उनको हातखुट्टा बाँधेर पटरीमा फालिदिएको बताए । विहान करिब ५ बजे स्थानीयहरु खेततर्फ जाँदा उनलाई देखेपछि प्रहरीलाई खवर गरेको थियो । 

भोलालाई रेल्वेको पटरीसँग बाँधिएको देखेपछि स्थानीयहरुले गाउँलेहरुलाई बोलाउनुको साथै प्रहरीलाई समेत जानकारी गराएको थियो । तुरुन्तै आएको प्रहरीले उनलाई पटरीबाट खोलेर स्थानीय क्लीनिकमा लगी सिलिएको मुखको धागो काटेको थियो । 

जानकारी अनुसार, केही महिनाअघि भोला र उनकी श्रीमति सबिता देवीबीच विवाद भएको थियो । त्यसपछि गाउँमै पँचायत पनि भएको थियो तर, सबितालाई राहत नमिलेपछि उनले यस्तो गरेको हुन सक्ने बताइएको छ । 

भुक्तभोगी बनेका भोलालाई उनकै छोरा र श्रीमतिले उनको मुखलाई सिलाई गरी बाँधेर रेल्वे पटरीमा फालिदिएका थिए । पहिलो श्रीमतिको मृत्यूपछि गत सन् २०१० मा उनको अर्को विहे भएको थियो । 

  • 0%
  • 1%
  • 9%
  • 4%
  • 81%
  • 3%

खानेपानीका ईन्जिनीयर साह १० लाख बढी रुपैयाँ सहित पक्राउ 

  • २०७८ श्रावण १ शुक्रबार
  • न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, रुपन्देही । नेपाल खानेपानी संस्थानका एक ईन्जिनीयर १० लाख बढीको श्रोत नखुलेको रकम सहित अख्तियारको फन्दामा परेका छन् । नेपाल खानेपानी सँस्थान बुटवल, रूपन्देहीका कार्यालय प्रमुख इन्जिनियर सन्तोष

पूरा पढ्नुहोस्

Bureau Menus