बलात्कार प्रयास घटनामा बयान फेर्न पिडितलाई डरत्रास सहित ज्यान मार्ने धम्की
जाहेरी दर्ता भई अपराधी पक्राउ परेपनि आफनो बयान फेर्न र मुद्दालाई कमजोर बनाउन पिडकहरु पैसाको चलखेल गरिरहेको आरोप समेत लगाए ।

२०७८ असार ३१ बिहीबार, बिहान १०:३१ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकामा दलित महिलामाथि भएको बलत्कारको घटनालाई केही राजनितिककमीहरु स्थानिय स्तरमा मिलापत्र गरी मुद्दा कमजोर गर्न खोजेको रहस्य बाहिर आएको छ ।
केही स्थानिय राजनितिककर्मीहरु पिडकसंग मोटो रकम घुस लिएर पिडितलाई आर्थिक प्रलोधन र विभिन्न धाकधम्की दिएर स्थानिय स्तरममा मिलापत्र गरी बयान फेर्न दबाद दिदै आएको पिडितले गुनासो गरिन ।
श्रीमान रोजगारीको सिलसिलामा भारतमा र घरमा नाबालक २ वटा छोरा मात्र रहेको रहेको मौका छोपी गएको वैशाख १४ गते सर्लाहीको लालबन्दी नगरपालिका वार्ड नम्बर २ जुटपानी टोल स्थित एक घरमा डेरा लिएर बस्ने ३८ बर्षिय महिलाको घरमा राति साढे १० बजेको समयमा सोही वडा निवासी ४८ बर्षिय देवचन पासवानले बलात्कारको प्रयास गरेको थियो ।
छोरीको आर्थिक अवस्था कमजोर भएको र खेतबारी समेत नभएको कारण घरभाडामा लिएर छोरीले आफनो छोराछोरीको पालननोषण गर्दै आएको पिडितको महिलाको आमा रामकुमारी पासवानले बताईन ।
छोरीमाथि कुदृष्ट्रि लगाउने पापीसंग कुनै पनि शर्तमा आफू मिलापत्र गर्ने सोचमा नरहेपनि घटना भएको दिनदेखि मिलापत्रको लागि गुण्डा लगाएर कुटपिट देखि ज्यानै मार्ने धम्की समेत दिदै आएको पिडितको आमाले दुखेसो पोखिन ।
जाहेरी दर्ता भई अपराधी पक्राउ परेपनि आफनो बयान फेर्न र मुद्दालाई कमजोर बनाउन पिडकहरु पैसाको चलखेल गरिरहेको आरोप समेत लगाए ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…