धनौजी गाउँपालिकाको अधिकृत गौरी शँकर मण्डलको लुट धन्दा, कामै नगरी चेक निकासा 

असारे विकासको चटारोमा बजेट फिर्ता जाने डरले र कमिशन डुब्ने हतारमा काम नै नभएको योजनाको चेक निकालेको आरोप

२०७८ असार ३० बुधबार
बेलुकी ६:५३ बजे
अभिनय कुमार मिश्र

न्यूज ब्यूरो, जनकपुरधाम । निरन्तर विवादमा रहँदै आएको धनुषाको धनौजी गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत गौरी शँकर मण्डलले कमिशनको  लोभमा काम नै नभएको योजनाको भुक्तानी गरेको खुलासा भएको छ । 

धनौजी गाउँपालिकाको वडा नम्बर १ लखौरीस्थित १३ लाख रुपैयाँको बजेट विनियोजन गरिएकोमा सो रकम काम नै नगरी भुक्तानी गरिएको बुझिएको छ । सो वडास्थित बाटो मर्मत सहित बाटो निर्माणको लागि छुटयाइएको वडास्तरीय बजेट वडाध्यक्ष र अधिकृत मण्डलले मिलेर चेक भुक्तानी गरेपछि खैलाबैला मच्चिएको थियो । 

गाउँपालिकाले हरेक वडालाई २ करोडको समानान्तर बजेट विनियोजन गरेकोमा वडा नम्बर १ को बजेटमा विनियोजन सडक निर्माण भएको भन्दै भुक्तानी गरी बाँडफाँड गर्ने लाग्दा खैलाबैला मच्चिएको थियो । 

असारे विकासको चटारोमा बजेट फिर्ता जाने डरले र कमिशन डुब्ने हतारमा काम नै नभएको योजनाको चेक निकालेको आरोप स्थानीय एक नेताले लगाए । 

“चेक बनिसकेको थियो, निकासा पनि हुनै लागेको थियो , तर आफूहरुलाई जानकारी आएपछि सो चेक रोक्का गरिएको थियो ।” स्थानीय एमालेका नेता उपेन्द्र मण्डलले बताए । 

वडा नम्बर १ मा मात्र नभएर अन्य वडाहरुमा पनि चालु आर्थिक वर्षमा विनियोजन गरिएको योजनाको काम गर्नु अघि नै भुक्तानी गरिदिएको बुझिएको छ । आगामी आर्थिक बर्षमा काम गरी सो भुक्तानी मिनाहा गर्ने गरी र तत्कालै कमिशन लिने गरी गैर कानुनी तवरले चेक काटिएको बताइएको छ । 

असार मसान्त समाप्त हुन लाग्दा निमित्त अधिकृत गौर शँकर मण्डल र केही वडाध्यक्ष सहित लेखा शाखा समेत जनकपुरमा सँचालन गरी जनकपुरमै चेक काटने कार्य भइरहेको बताइएको छ । कार्यालयमा पियसनम्मको उपस्थिति नरहेको बताइएको छ । 

स्वास्थ्य शाखाबाट सीधा अधिकृत बनेका मण्डललाई प्रशासनीक ज्ञान कमजोर भएकै कारण गैर कानुनी तवरले काम नै नगरिएको योजनाहरुको पनि चेक धमाधम काटिन थालेको आरोप पनि लगाइएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

वीरगँजकी एसिड पीडित मुस्कान खातुनको लागि अमिताभ बच्चनको मेसेज

  • २०७८ असार ३० बुधबार

Bureau Menus