नोकरीबाट निकालेपछि कम्पाउण्डरले महिला डाक्टरलाई लगाए जबरदस्ती सिन्दुर, फोटो भाइरल 

२०७८ असार ३० बुधबार
बिहान ०९:५७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो । क्लीनिकमा कार्यरत एक कम्पाउण्डरलाई सो क्लीनिककी डाक्टरले नोकरीबाट निकालदिएपछि कम्पाउण्डरले बलपूर्वक महिला डाक्टरलाई सिन्दुर लगाइदिएका छन् । 

छिमेकी मुलुक भारतको बिहार राज्यको समस्तीपुर जिल्लास्थित दलसिँहसराय अनुमण्डलमा कम्पाउण्डरले महिला डाक्टरलाई जबरदस्ती सिन्दुर हालेर सेल्फी समेत लिइ सोसल मिडियामा हालिदिएको छ । 

क्लीनिकमा कार्यरत कम्पाउण्डर सुमित कुमार महतोले महिला डाक्टरलाई जबरदस्ती सिन्दुर लगाइदिएको हो । भारतीय सँचारमाध्यममा आएको समाचार अनुसार, नोकरीबाट निकालिदिएपछि रुष्ट रहेका कम्पाउण्डरले डाक्टरलाई माँगमा सिन्दुर लगाउँदै जबरदस्ती सेल्फी समेत लिएर समाजिक सँजालमा हालिदिएको बताइएको छ । 

तस्विरमा देखिएकी महिला डाक्टर जिल्लाको एक पीएचसीको प्रभारी चिकित्सा पदाधिकारी हुन । उनी सोही क्षेत्रस्थित एक नीजि क्लीनिक समेत सँचालन गर्दै आएकी हुन् । 

नोकरीबाट निकालेपछि रुष्ट थिए कम्पाउण्डर सुमित 

महिला डाक्टरको नीजि क्लीनिकमा जिल्ला बँबईया गाउँ निवासी लालबाबु महतोको छोरा सुमित कुमार महतो कम्पाउण्डरको पदमा कार्यरत थिए । तर, केही दिन अघि उनलाई महिला डाक्टरले नोकरीबाट निकालिदिएकी थिइन् । त्यसपछि रुस्ट भएका तथा रिसाएका सुमितले उनलाई बदनाम गर्नको लागि यस्तो हर्कत गरेको हो । 

यता, यस सम्बन्धमा पीडित महिलाले मिडियासँग बोल्नमा असमर्थता जनाउँदै फोन मार्फत भन्दै सुमितले जबरदस्ती माँग (साइनो) मा सिन्दुर हालेर फोटो खिचिलिएको आरोप लगाइन् । उनलाई बदनाम गर्ने नियतीले समाजिक सँजालमा समेत फोटो हालेको भन्दै प्रहरीमा उजुरी गरेको बताइन् । 

त्यसपछि प्रहरीले सुमितलाई खोज तलास सुरु गरेको छ । डाक्टरले उनलाई बदनाम गर्नको लागि सुमितले समाजिक सँजालमा फोटो हालेको तथा जबदरस्ती सिन्दुर हालेको उजुरी दिएपछि प्रहरीले खोजतलास सुरु गरेको हो । 
 

  • 9%
  • 54%
  • 2%
  • 2%
  • 1%
  • 26%

वीरगँजकी एसिड पीडित मुस्कान खातुनको लागि अमिताभ बच्चनको मेसेज

  • २०७८ असार ३० बुधबार

Bureau Menus