एमालेकी विद्यादेवी भण्डारीलाई राजपाले समर्थन गर्ने
न्यूज ब्यूरो || जनकपुरधाम, २६ फागुन । राष्ट्रिय जनता पार्टी नेपालले राष्ट्रपति चुनावमा नेकपा ( एमाले)का उम्मेदवार विद्यादेवी भण्डारीलाई समर्थन गर्ने र सरकारमा सहभागि हुने भएको छ । वाम गठबन्धन सरकारमा सहभागी हुनेबारे पछिल्ला दिनमा भइरहेको छलफल सकारात्मक बन्दै गएको छ । सत्ता नेतृत्वकर्ता एमाले र नेकपा

२०७४ फागुन २६ शनिबार, बिहान ९:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, २६ फागुन । राष्ट्रिय जनता पार्टी नेपालले राष्ट्रपति चुनावमा नेकपा ( एमाले)का उम्मेदवार विद्यादेवी भण्डारीलाई समर्थन गर्ने र सरकारमा सहभागि हुने भएको छ ।
वाम गठबन्धन सरकारमा सहभागी हुनेबारे पछिल्ला दिनमा भइरहेको छलफल सकारात्मक बन्दै गएको छ ।
सत्ता नेतृत्वकर्ता एमाले र नेकपा (माओवादी केन्द्र) सँग भइरहेका छलफल र वार्ता सकारात्मक ढंगले अघि बढिरहेकाले पनि राष्ट्रपतिमा राजपाले भण्डारीलाई राजपाले राष्ट्रपतिमा भण्डारीलाई समर्थन, सरकारमा सहभागी हुने समर्थन गरेको पार्टीका महासचिव केशव झाले जानकारी दिए ।
महासचिव झाले संविधान संशोधनमा कुरा मिलेपछि सरकारसँग सहकार्य गर्ने गरी छलफल चलिरहेको र सोही आधारमा राष्ट्रपतिमा समर्थन गर्ने निर्णय भएको बताए ।
राष्ट्रपति भण्डारी र नेपाली काँग्रेसका तर्फबाट लक्ष्मी राईले यही फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनमा प्रतिष्पर्धा गर्दै छन् । राजपाले वाणिज्य तथा आपूर्ती मन्त्रालय पाउनु पर्ने माग अघि सारेको छ ।
तर सरकारले वाणिज्य तथा आपूर्ती मन्त्रालयसँगै उद्योग मन्त्राललाई पनि जोडेर माओवादी केन्द्रका नेता मातृका यादवलाई जिम्मेवारी दिइसकेको छ । राजपाले कृषि मन्त्रालय वा भूमि व्यवस्थापन तथा सहकारी मन्त्रालयमध्ये एक दिनु पर्ने माग गरेको छ ।
राजपाले सामान्य प्रशासन र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई अलग नगर्न माग गरेको छ ।
उसले ती दुवै मन्त्रालयमध्ये एक मन्त्रालय दिनु पर्ने प्रस्ताव अघि सारेको छ । उनले ऊर्जा र जलश्रोतमध्ये एक मन्त्रालय पाउनु पर्नेमा जोड दिएको कुरा आजको न्यूजपेपर दैनिक पत्रिकाले छापेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…