जनता समाजवादी पार्टी पनि सरकारमा जाने निर्णय, मधेशको मुद्दा सम्बोधनको शर्त
यादव पक्षका ४ जना र राजकिसोर यादव समुहलाई समेत ठाकुर–महतो पक्षबाट अलग्याउन रणनीति बनाइएको छ ।

२०७८ असार ३० बुधबार, बिहान ८:०६ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपाल उपेन्द्र यादव समुहले नेपाली काँग्रेस नेतृत्वका सरकारमा सहभागी हुने निर्णय गरेको छ ।
प्रधानमन्त्रीमा काँग्रेस सभापति शेरबहादुर देउवा नियुक्त भए लगतै पार्टी कार्यालय बालकुमारीमा मंगलवार बसेको कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको हो ।
‘काँग्रेस नेतृत्वको सरकारमा जसपा सहभागि हुन्छ’ कार्यकारिणी समितिका सदस्य रामसहाय यादवले भने, तर त्यसका लागि प्रधानमन्त्रीले मधेशको मुद्दा सम्बोधन गर्ने प्रतिबद्धता जनाउनु पर्छ ।संविधान संशोधन, झुठा मुद्दा फिर्ता, रेशम चौधरीको रिहाईका लागि सरकारले प्रतिबद्धता जनाएपछि पार्टी सरकारमा जाने निर्णय भएको उनले बताए ।
‘जसपा सरकारमा जान्छ तर तत्कालै जाँदैन’ उनले भने, निर्वाचन आयोगमा पार्टीको मुद्दा विचाराधीन रहेको अवस्थाका कारणपनि सरकारमा जान हतार छैन् । ‘काँग्रेसका सभापति शेरबहादुर देउवा सरकारले कस्तो कार्यक्रमहरू तय गर्छ, त्यसलाई पनि जसपाले हेर्छ ।
आफूहरूका मुद्दालाई सरकारले कसरी सम्बोधन गर्ने लगायतका विषयमा छलफल गरेर मात्र सरकारमा जाने निर्णय हुनेछ ’ उनले भने , केहि प्राविधिक समस्याहरुपनि देखिएकाले सरकारमा तत्कालै गइहाल्ने अवस्था छैन् ।
प्रधानमन्त्रीबाट प्रतिबद्धता आएपछि मात्र सरकारमा सहभागि हुने भएकाले हाल कतिवटा मन्त्रालय लिने र कुनकुन लिने विषयमा छलफल हुने उनले बताए ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…