ट्राफिक असई 'यादव' को गाडी चालकदेखि भठ्ठाबालासँग सेटिँग, यसरी उठाउँछन महिनबारी
सिरहाको गोलबजारस्थित हुँदा पनि असई यादवले ट्याक्टर ,टिपर र इटा भठ्ठाबालहरुसँग रकम असुलेको बताइएको छ ।

२०७८ असार २९ मंगलबार, बिहान ९:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । विभिन्न समयमा नेपाल प्रहरी, ट्राफिक प्रहरीले केही रकमको लागि कारवाहीमा पर्ने गरेको भएपनि एक ट्राफिक असईले प्रायः सबै गाडीबालाहरुसँग रकम असुलिरहेको खुलेको छ ।
प्रदेश नम्बर २ को सिरहा जिल्लाको बन्दिपुरस्थित डयुटिमा रहेका ट्राफिक प्रहरीका असई सुरेश यादवले ट्रिपर, ट्रयाक्टरदेखि लिएर भठ्ठाबालाहरुसँग समेत सेटिँग मिलाएको खुलेको छ ।
धनुषा जिल्ला र सिरहा जिल्लाको सीमाको रुपमा रहेको बन्दिपुरस्थित कमला पुल नजिकै डयुटिमा रहने गरेका असई यादवले ट्रयाक्टरबालाहरुको कागजपत्र नभएको खण्डमा कारवाहीको साटो अवैद्य रुपले रकम उठाउने गरेका छन् ।
कमला नदीबाट अवैद्य उत्खनन गरी ल्याएको बालुवा, गिट्टिमा कारवाही नै नगरी महिनबारी रुपले ट्रयाक्टर धनीसँग रकम लिने गरेको खुलेको छ । ट्राफिक असई यादवले सिरहाको गोलबजार सहित विभिन्न ठाउँमा सँचालनमा रहेको ईटा भठ्ठाबालाहरुसँग समेत सेटिँग गरी उनीहरुबाट महिनबारी उठाएको स्थानीयहरु बताउँछन् ।
सिरहाको गोलबजारस्थित हुँदा पनि असई यादवले ट्याक्टर ,टिपर र इटा भठ्ठाबालहरुसँग रकम असुलेको बताइएको छ ।
न्यूज ब्यूरोले गरेको एक अपरेशनको क्रममा ट्राफिक प्रहरीका असई यादवले सिरहाको पहिलो एसपीको नाम लिँदै उनले कमाउने पनि गरेको र काम पनि गरेको बताएका छन् । उनले भनेका छन्,–“पहिलाको एसपी नै ठिक थियो, कमाउँथ्यो पनि र काम पनि गर्दथ्यो ।”
उनको यस्तो वक्तत्वले सिरहा प्रहरीमा देखिएको बेतिथिलाई पनि उजागर गरेको छ । उनले गाडीबालाहरुसँग गरेको अवैद्य असुलीको बारेमा सोध्दा कहिलेकाँही गलती भएको हुन सक्ने स्वीकारे ।
(यसको भिडियो प्रमाण सुरक्षित छ ।)
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…