आर्थिक अभावले क्यान्सर पिडितको उपचारमा समस्या, खेतबारी सबै बिक्यो
सरकारले क्यान्सरका बिरामीलाई ‘विपन्न नागरिक औषधि उपचार कोष निर्देशिका २०७५’ अन्तर्गत विपन्न नागरिक कोषबाट एक लाख रुपैयाँ दिँदै आएको छ। यो रकम क्यान्सर उपचारका लागि हात्तीको मुखमा जिराजस्तै हो।

२०७८ असार २२ मंगलबार, राति ८:५३ बजे४ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । सर्लाहीमा आर्थिक अभावका कारण क्यान्सर पिडितलाई उपचारमा समस्यमा भएको छ ।
गाउँमै साहू महाजनको खेतमा मजुदुरी गरेर परिवारको जिवकोपार्जन गर्दै आएको सर्लाहीको चक्रघटा गाउँपालिका वार्ड नं. ४ सुन्दरपुर निवासी बसिर शेख श्रीमतीको पेटमा क्यान्सर भएपछि परिवारमाथि बज्रपात नै खसेको छ ।
गतबर्ष माघ महिनामा श्रीमतीको पेटमा क्यान्सर भएपछि करेसाबारी बिक्री र घर धरौटी राखेर साहू महाजनसंग काढेरको ४ लाख उपचारमा सकिएको छ ।
चितवनको भरतपुरमा स्थित बिपि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारत रहेको शेख दम्पतिको आर्थिक अवस्था निकै कमजोर भएको र अस्पतालमा नियमित रुपमा उपचार गर्नुपर्ने भएकाले खर्चको अभावमा उपचारमा समस्या हुन पुगेको छ ।
तिव्र आर्थिक अभाव भोगिरहेको मुस्लिम परिवारमा क्यान्सर भएपछि परिवार सडकमा आउन पुगेको छ । सहयोगका लागि दुख सुखमा साथ दिने छिमेकी आफन्त र कुनै पनि तहको सरकार समेत अगाडी नआएपछि पिडितले श्रीमतीको उपचार र परिवारको जिवन रक्षाको निमित्त सहयोगको लागि अपिल गरेको छ ।
हामीसंग भएको खेतबारी सबै बेचेर श्रीमतीको उपचारमा लगायौ। अब परिवार चलाउन र उपचारको हामीसंग एक सुकी नभएको पिडित बसिर शेख ले रुदै दुखेसो पोखे । मैले सहयोगका लागि धेरैको घरको ढोका ढकढकाए तर सहयोगका लागि कोही अघि नआएको गुनासो गरे ।
खर्चको अभावमा उपचारमा समस्या भईरहेको बताउदै आर्थिक संकटका कारण घरमा दैनिक उपभोगका अति आवश्यक सामग्रीको समेत चरम अभाव सृजना भएको बताए ।
“हामी आर्थिक सहयोगका लागि गाउँपालिका अध्यक्ष कहाँ समेत पुगेका थियौं, पिडित भने तर उहाँले एक लाख छुटका लागि गाउँपालिकाबाट सिफारिस गरिसकेको र अतिरिक्त सहयोग सम्भव देखेनौ ।” गाउँपालिकाको सिफारिसबाट ६ वटा केमो निशूल्क गरिएका छन, भने श्रीमतीको थरिथरिकाको चेकजाँच, औषधी, खाना, रगत चढाउन र कोठा भाडामा धेरै पैसा खर्च हुने गरेको बताए ।
बर्षोदेखि अरुको घरमा बसोबास गर्दै आएको मुस्लिम परिवार मजुदुरी गरेर १० धुर घडेरी जोडेका थिए । आफनै घडेरीमा घर बनाउने सपना बोकेका दम्पतिको श्रीमतीको क्यान्सर भएपछि सपना सपनामै सिमित रहयौ । घर बनाउनका लागि किनेको घडेरी समेत उपचारका लागि साहू महाजनलाई दिन पुगे ।
गरिब मानिसलाई परेको बेला कोही सहयोगका लागि अघि नआउने गरेको र विपद परेको बेला आफन्त, छिमेकी समेत मुख घुमाएर जानेको पिडा ताजै रहेका छन । आफनो दुईवटा छोरा बिहे भएपछि ससुरालीमै बस्न थालेका छन, हामीहरु मरेका छौ कि जिवितै बर्षो भयो मुख हेर्न नसमेत नआएको गुनासो गरे ।
पेटको पिडा र दुखाईले रातभरी सुत्न नपाईरहेको क्यान्सर पिडित महिला अमिरुल खातुन ले दुखेसो पोखिन । रातभरी छटपटाएर बिहान गर्दै आएको खातुन आर्थिक अभाव र लकडाउनका कारण समयमा उपचारका लागि अस्पतालमा पुग्न नसक्दा पिडा झन थपिदै गएको बताईन ।
खेतबारी समेत नभएको मुस्लिम परिवार भएको घर समेत साहू महाजनलाई धरौटी राखेर उपचार गराईरहेको छिमेकी बिलकिश खातुनले बताईन ।
उपचारका कारण आर्थिक अवस्थामा कमजोर भएर परिवार चलाउन समेत समस्या हुने गरेको बताईन । मजुदुरी गरेर खाने परिवारमा क्यान्सर भएपछि परिवारमाथि बज्रपात खस्ने गरेको अर्का छिमेकी गुल्फान खातुन ले बताईन ।
पिडितको एउटा १५ बर्षिय छोरी र १३ बर्षिय छोरा रहेका छन । चरम आर्थिक अभावको सामना गरिरहेको परिवारमा आमालाई क्यान्सर भएपछि दुईवटा बच्चाहरुको भविष्य संकटमा परेको बताईन ।
हामीले गाउँपालिकाबाट सिफारिस गरिदिदा उहाँले एक लाख बराबरको सहयोग पाएको चक्रघटा गाउँपालिकाका अध्यक्ष विक्रम कुमार यादव ले बताए । आर्थिक २०७८÷०७९ को अन्त्य तिर आईसकेकाले थप आर्थिक सहयोग सम्भव नरहेको बताए । तर हामी उहाँलाई आर्थिक सहयोगका लागि सम्बन्धित निकायमा आहार गुहार र सिफारिसका लागि कुनै कसर बाँकी नराख्ने समेत बताए ।
पालिका अध्यक्ष यादवले विरामीको शिघ्र स्वास्थ लाभको कामना गर्नुको साथै अगामी आर्थिक बर्षमा यस्ता खाले जटिल प्रकृतिकका महंग्रो रोग भएको पिडितको आर्थिक सहयोगका लागि छुट्टै बजेट विनियोजन गरिने प्रतिबद्वता समेत व्यक्त गरे ।
विपन्न नागरिकलाई क्यान्सर भइहालेमा ठूलो आर्थिक भार भोग्नुपर्ने अवस्था छ। धेरैको त भएभरको सम्पत्ति बेच्दा पनि उपचार खर्च पुग्दैन। सामान्य रोग लाग्दा पनि खर्च सम्झेर अस्पताल जान हच्किने अवस्थाका कतिपय नेपाली क्यान्सर लागेपछि थप मानसिक तनावमा पर्ने गरेका छन्।
सरकारले क्यान्सरका बिरामीलाई ‘विपन्न नागरिक औषधि उपचार कोष निर्देशिका २०७५’ अन्तर्गत विपन्न नागरिक कोषबाट एक लाख रुपैयाँ दिँदै आएको छ। यो रकम क्यान्सर उपचारका लागि हात्तीको मुखमा जिराजस्तै हो।
नेपालका ८६ प्रतिशत क्यान्सरका बिरामीले आर्थिक कठिनाइ भोग्नुपरेको तथ्यांक छ। १४ प्रतिशत बिरामीले मात्रै आफ्नो खर्च बेहोर्न सक्छन्। भक्तपुर अस्पतालमा गरिएको एक अध्ययनअनुसार एक जना क्यान्सर रोगीको उपचारमा कम्तीमा नौ लाख ८१ हजार खर्च हुन्छ।
पिडितलाई आर्थिक सहयोगको लागि उहाँको आफनो बैंक खाता
Acount name : Basir sesh musalman
Ac number : 10910514449017 Civil bank ltd.
Mb. 9817641980
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…