बुवाले गाली गरेपछि झुण्डिए किशोर
यता, ठाकुरको शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको जनाउँदै ईन्सपेक्टर मैनालीले पोष्टमार्टमको रिपोर्टपछि यथार्थ आउने बताए ।

२०७८ असार १४ सोमबार, बिहान १०:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । बुवाले हप्काएपछि एक छोराले रुखमा झुण्डिएको बताइएको छ । धनुषाको कमला नगरपालिका वडा नं. १ मँगराहास्थित एक किशोर रुखमा झुण्डिएको अवस्थामा भेटिएको छ ।
कमला नगरपालिका वडा नम्बर १ बस्ने स्थानीय रामसागर ठाकुर १६ बर्षिय छोरा मनोज ठाकुर आज विहानै रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो । घरदेखि केही दुरीमा रहेको खेतमा आलीमा रहेको रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो ।
सोमबार बिहान करिब ६ बजे खेतमा जाँदा स्थानीयहरुले झुण्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खवर गरेको थियो । इलाका प्रहरी कार्यालय खजुरीका प्रहरी ईन्स्पेक्टर रबिन मैनालीका अनुसार स्थानीयहरुले झुण्डिएको अवस्थामा देखेपछि खवर गरेको थियो ।
ठाकुर राती नै झुण्डिएको हुन सक्ने अनुमान गरिएको छ । उनका अनुसार, स्थानीयहरुले आईतबार साँझ साथीहरुसँग तास खेल्न गएका ठाकुरलाई उनका बुवाले गाली गरेका थिए । सोही कारण पनि उनी झुण्डिएको हुन सक्ने अनुमान गरिएको छ ।
यता, ठाकुरको शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको जनाउँदै ईन्सपेक्टर मैनालीले पोष्टमार्टमको रिपोर्टपछि यथार्थ आउने बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…