मटिहानी नगरपालिकाको पौन ४१ करोड बजेट
स्वास्थ्य तर्फ भने कोभिड १९ संकेमणका कारण बाबु वा आमा गुमाएका बालबालिकालाई नगदराहतको व्यवस्था गरिने र प्रतेक वडातहमा स्वस्थ जाँच( घुम्ती शिबिर )अभियान कार्यक्रम संचालन गरिने जनाइएको छ । यसै गरि नगरपालिका भित्रका सबै जेष्ठ नागरिकहरुलाई रेडियो,टर्च र छाता निशुल्क उपलब्ध गराइने र मटिहानी न.पा ७ मा निर्माणाधिन खेल मैदानलाइ सुविधा सम्पन्न रंगशालाको रूपमा निर्माण गरिने योजना रहेको मटिहानी नगरपालिको सार्वजनिक गरेको निति तथा कार्यक्रममा समावेश गरिएको उल्लेख गरिएको छ ।

२०७८ असार १० बिहीबार, बिहान ८:०३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जलेश्वर । महोत्तरी जिल्लास्थित मटिहानी नगरपालिकाले अगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ४० करोड ७७ लाख ५७ हजारको बजेट विनियोजन गरेका छन ।
मटिहानी स्थित संस्कृत माविको शभाहलमा बुधबार भव्य र सम्भय ढंगल सम्पन्न मटिहानी नगरपालिको ७ औं नगर सभाले ४० करोड ७७ लाख ५७ हजारको बजेट विनियोजन गरेका हुन ।
मटिहानी नगरपालिकाको मेयर हरि प्रसाद मण्डलले नगर सभामा आगामी आर्थिक वर्ष २०७८/०७९ को नित कार्यक्रम तथा बजेटको प्रस्तुती करण गर्दै शिक्षा , स्वास्थ्य , कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर उक्त बजेट विनियोजन गरेको जानकारी गराएको छ ।
मटिहानी नगरपालिकाकोउ ९ वटै वडाको वडा अध्यक्ष , कार्यपालिका सदस्यहरुको सहभागितामा सम्पन्न नगर शभामा कुल बजेटको चालु खर्च तर्फ २० करोड ५० लाख र पूँजिगत खर्त तर्फ २० करोड २७ लाख खर्च प्रस्तावित गरिएको थियो । उक्त प्रस्तावित वजेटलाई मटिहानी नगरपालिकाको कार्यपालिका सदस्यहरुले नगर सभामार्फत सर्वसम्मतरुपमा पारित गरेको मटिहानी नगर पालिकाका मेयर हरि प्रसाद मण्डलले बताएको छ ।
वडा समितिको प्रशासनिक खर्च ३ लाख ६० हजारका दरले ३२ लाख४० हजार गरिएको छ भने वस्ती तथा वडा स्तरबाट छनौंट भइ आउने योजनाका संचालनका लागि वडा समितिका पुँजिगत खर्च तर्फ ६७ लाखका दरले ९ वटै वडाका लागि ६ करोड ३ लाख तथा चालु आ.व.मा सम्पन्न हुन नसकेका योजनाहरुलाई आगामी आ.ब. ०७८०७९ मा सम्पन्न गर्न सोहि अनुसारको बजेट विनियोजन गरिएको जनाइएको छ ।
नगर सभामा मटिहानी नगरपालिका प्रमुख मंडलले मटिहानी नगरपालिकालाइ नमुना एवंम विकाशिल नगरपालिका बनाउने प्रतिबद्धता व्यक्त गर्दै जनताको आकाक्षा अनुसार यस बर्षको बजेट ल्याएको बताएका थिए ।
आगामी वर्षको बजेटमा कृषि तर्फ नगरपालिकामा बसोबास गर्ने सबै नागरिकको खाध सुरक्षाको प्रत्याभुति गर्न कोहि भाकै पर्देैन,कोहि भोकै मर्दैन भन्ने प्रतिबद्धता पुरा गर्न सबै तहका सरकार बिच सहकार्य गर्ने , नगरपालिका क्षेत्र भित्रका सबै घरपरिवारलाइ आँप लिचिको विरूवा निशुल्क उपलब्ध गराइने योजना समावेस गरिएको जनाइएको छ ।
त्यस्तै पर्यटन तर्फ नगरपालिका भित्रका मठ,मंदिर तथा मस्जिदलाइ पर्यटकिय स्थलको रूपमा विकाश गर्ने र एक वडा एक सुन्दर पोखरी र एक पार्क निर्माण गर्ने , शिक्षा तर्फ सामुदायिक विधालयका कक्षा ११ मा अध्ययनरत छात्राहरूलाइ निशुल्क साइकल वितरण गरिने , स्थानिय स्तरमा मैथिलिभाषाको विकाश, संरक्षण तथा संबद्धनका लागी सामुदायिक विधालयका कक्षा १ देखी ५ सम्मको पाठ्यक्रममा मैथिलि भाषा समाबेश गरि अध्यनन अध्यापन गराइने योजना समावेश गरिएको हो ।
स्वास्थ्य तर्फ भने कोभिड १९ संकेमणका कारण बाबु वा आमा गुमाएका बालबालिकालाई नगदराहतको व्यवस्था गरिने र प्रतेक वडातहमा स्वस्थ जाँच( घुम्ती शिबिर )अभियान कार्यक्रम संचालन गरिने जनाइएको छ । यसै गरि नगरपालिका भित्रका सबै जेष्ठ नागरिकहरुलाई रेडियो,टर्च र छाता निशुल्क उपलब्ध गराइने र मटिहानी न.पा ७ मा निर्माणाधिन खेल मैदानलाइ सुविधा सम्पन्न रंगशालाको रूपमा निर्माण गरिने योजना रहेको मटिहानी नगरपालिको सार्वजनिक गरेको निति तथा कार्यक्रममा समावेश गरिएको उल्लेख गरिएको छ ।
नगर सभामा निर्वाचित भए देखि नै अहोरात्र जनताको सेवामा खटिएका वडा अध्यक्ष लगायत कार्यपालिका सदस्यहरुलाई दोसल्ला ओढाइ सम्मान गरिएको थियो ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…