सिरहामा चटयाँङग (ठन्का) खस्दा घरसहित मोटरसाईकलसमेत ध्वस्त !
छेउकै घरमा सुतिरहेको परिवारजनले सो घरमा कोही नभएको अवस्थामा चटयाँग लागेकोले कुनै मानवीय क्षति नभएको बताइएको छ ।

२०७८ असार ९ बुधबार, बिहान ७:२९ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, सिरहा । प्रदेश नम्बर २ को सिरहा जिल्लास्थित गएराती घरमै चटयाँग (ठन्का) खस्दा घर जलेर ध्वस्त भएको छ ।
सिरहाको गोलबजार नगरपालिका वडा नम्बर १२ बेतौना टोलिस्थत स्थानीय भोला रायको घरमा गएराती करिब १ बजेको समयमा चटयाँग खसेको बताइएको छ । राती सबै जना सुतिरहेको अवस्थामा छेउको घरमा चटयाँग लागेको हो ।
रायको सो घरमा एक पल्सर मोटरसाईकल, ग्यास सिलिण्डर समेत ध्वस्त भएको छ भने करिब १५ लाख बराबरको समाग्री जलेर ध्वस्त भएको जानकारी दिएको हो । पीडितका अनुसार, स्टेण्ड गरी राखिएको निलो कलरको पल्सर मोटरसाईकल जलेर ध्वस्त भएको हो ।
प्रदेश २ १००२ प ५१०९ नम्बरको पल्सर मोटरसाईकल सोही चटयाँग लागेर ध्वस्त भएको बताइएको छ । छेउकै घरमा सुतिरहेको परिवारजनले सो घरमा कोही नभएको अवस्थामा चटयाँग लागेकोले कुनै मानवीय क्षति नभएको बताइएको छ ।
सम्पति जलेपछि रातीदेखि नै परिवारजनमा रुवाबासी चलेको छ । यस सन्दर्भमा इलाका प्रहरी कार्यालय गोलबजारसँग सम्पर्क गर्न खोज्दा नेटवर्कको समस्याले सम्पर्क भने हुन सकेनन् ।
चटयाँगबाट कसरी बच्ने ?

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…