रगतले लथपथ लास भेटियो, हत्याको आशँका (Video)
न्यूज ब्यूरो || बारा, २५ फागुन । बारा जिल्लाको सिमरौनगढमा रगतले लथपथ भएको एक जनाको लास फेला परेको छ । सिमरौनगढ नगरपालिका वडा नं. ४ हरियरपुर गंगानगर टोलमा रहेको पोखरीको छेउको धान खेतमा रगतले लथपथ लाश भेटीएको छ। छतविछत अवस्थामा लाशलाईदेखेपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए । स्थानीय प्रहरीले आफ्न

२०७४ फागुन २५ शुक्रबार, बिहान ११:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
बारा, २५ फागुन । बारा जिल्लाको सिमरौनगढमा रगतले लथपथ भएको एक जनाको लास फेला परेको छ ।
सिमरौनगढ नगरपालिका वडा नं. ४ हरियरपुर गंगानगर टोलमा रहेको पोखरीको छेउको धान खेतमा रगतले लथपथ लाश भेटीएको छ।
छतविछत अवस्थामा लाशलाईदेखेपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए ।

स्थानीय प्रहरीले आफ्नो जिम्मामा लिई पोस्टमार्टमको लागी लगेको छ।
आज विहान हत्या भएको अनुमान छ। शवको सनाखत अझ हुन सकेको छैन भने शव भारतीय नागरिकको हुन सक्ने अनुमान गरिएको छ ।
पोखरी किनारमा धारिलो हतियार समेत भेटीएको छ ।
घटना बारे थप विवरण आउन बाँकी छ ।
समाचार स्रोत : सरोज राय को फेसबुक पेजबाट
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…