चोरेर नगरसभा गर्न लागेको भन्दै मेयर दास र अधिकृत साह विरुद्ध नारावाजी
गरपालिका भित्र करोडौं रुपैयाँको अनियामितता गरेको, शिक्षा, स्वास्थ शिर्षकमा कामै नगरी रकम हिनामिना गरेको आरोप अधिकृत साह माथि लागेको छ ।

२०७८ असार ८ मंगलबार, बेलुकी ६:२४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । चोरेर गर्न लागेको नगरसभा तत्काल रोकेर आर्थिक बर्ष ०७५÷०७६ देखि हाल सम्मको हिसाब किताब सार्बजनिक गर्न माग गर्दै धनुषाको विदेह नगरपालिकाका स्थानीयहरुले नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृत बिरुद्ध नाराबाजी गरेको छ ।
धनुषाको बिदेह नगरपालिकामा ब्यापक अनियमितता भएको भन्दै स्थानीयहरुले नगर सभा खुला रुपमा गर्नु पर्ने, आन्तरिक तथा बाहय आय ब्यय पारदर्शी गर्नुपर्ने, गैर कानुनी नियुक्त बन्द गर्नु पर्ने लगायतका माग राखि बिरोधमा उत्रेका छन् ।
प्रत्येक बर्ष चोरेर जनकपुरमा प्रमुख प्रशासकिय अधिकृत सञ्जीब कुमार साहको कोठामा बसेर माइन्युट लेख्ने र घर घर गएर साह आफै दस्तखत गराएर नगर सभा पास गराउने गरेको थियो ।
यस बर्ष पनि त्यरी नै गर्न लाग्दा स्थानीयहरुले बिरोध गरेको एमालेका युवा नेता राज किशोर यादवले बताए ।

नगरपालिका भित्र करोडौं रुपैयाँको अनियामितता गरेको, शिक्षा, स्वास्थ शिर्षकमा कामै नगरी रकम हिनामिना गरेको आरोप अधिकृत साह माथि लागेको छ ।
अधिकृत साहले बिभाग र मन्त्रालयले प्रमुख प्रशासकिय अधिकृत बनाएर पठाएका कुनै पनि कर्मचारीलाई हाजरी हुन नदिने, बिभिन्न डर,धाक–धम्की दिन लगाउने गरेको छ ।
आफैं इन्जिनियर र आफै हाकिम भएका कारण कुनै पनि बिल भर्पाई फस्र्यौट गर्न कुनै बाधा नरहेले अनियमितता बढेको हो । लेखापाल हुँदाहुँदै अबकाश प्राप्त लेखापाल अरुण कुमार झा लाई बील भर्पाई मिलाउनकै लागी गैर कानुनी लेखा सल्लाहकार नियुक्त गरेको आरोप कार्यपालिका सदस्य हरि नरायण साहले लगाएको छ ।
कोठा भित्र चोरेर गर्न लागेको नगर परिषद् स्थानीयले अबरुद्ध पारेपछि असार मसान्त भित्र आयब्यय उपलब्ध गराउने प्रतिबद्धता अधिकृत साह गरेपछि परिषद् गर्न दिने सहमत भएका छन् ।
अधिकृत साहको भौतिक पुर्बाधार मन्त्रालयमा भई सकेको भए पनि तीन बर्ष देखि निमित्त भई बिदेह नगरपालिकामा बस्दै आएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…