प्रदेश २ः जगदम्बा स्टीलको भट्टी पडकिदाँ दुई जनाको मृत्यू, ३ जना घाईते
शनिबार साँझ भट्टी पड्किएर उद्योगमा भएको आगलागी हाल नियन्त्रणमा आईसकेको प्रहरीले जानकारी गराएको हो ।

२०७८ असार ५ शनिबार, राति ९:५१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । बारा जिल्लाको सिमरास्थित जगदम्बा स्टिल्स्मा भट्टी पड्किएर भएको आगालागी भएको छ ।
भट्टी पड्किंदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ३ जना घाइते पनि भएका छन् । उनीहरुको अहिले स्थानीय अस्पतालमा उपचार चलिरहेको छ ।
मृत्यु हुनेमा उद्योगमा कार्यरत फायरमैन र वेल्डर रहेका छन् । उनीहरुको अहिलेसम्म पहिचान भने खुलीसकेको छैन ।
शनिबार साँझ भट्टी पड्किएर उद्योगमा भएको आगलागी हाल नियन्त्रणमा आईसकेको प्रहरीले जानकारी गराएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…