धावक मिल्खा सिँहको मृत्यू, मोदीले दिए श्रद्धाञ्जली
पाँच दिन अगाडि उनकी श्रीमतीको पनि कोरोनाका कारण ज्यान गएको थियो । सिंहले २ सय मिटर र ४ सय मिटर दौडमा धेरै पदकहरू जितेका छन् ।

२०७८ असार ५ शनिबार, बिहान ८:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, भारत । भारतका धावक मिल्खा सिंहको निधन भएको छ । कोरोना भाइरसको सङ्क्रमण भएपछि उपचारमा रहेका उनको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
९१ वर्षका उनको चण्डीगढ अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनलाई गएको मे २० तारिखमा कोरोनाको सङ्क्रमण भएको थियो ।
जुन ३ तारिखमा अस्पताल भर्ना भएका उनलाई जुन १३ तारिखसम्म आइसीयूमा राखिएको थियो । यसपछि गरिएको स्वास्थ्य परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको थियो । तर, फेरि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई आइसीयूमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको ज्यान गएको हो ।
पाँच दिन अगाडि उनकी श्रीमतीको पनि कोरोनाका कारण ज्यान गएको थियो । सिंहले २ सय मिटर र ४ सय मिटर दौडमा धेरै पदकहरू जितेका छन् ।
सिंह स्वतन्त्र भारतका पहिलो धावक थिए जसले १९६० मा कमनवेल्थ गेम्समा स्वर्ण पदक जितेका थिए । उनी भारतीय सेनामा पनि थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनको निधनप्रति शोक व्यक्त गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…