डकैती

प्रदेश २ः महोत्तरीमा पुनः डाकुले चलाए गोली, सबैलाई घाईते बनाएर लाखौंको लुटपाट

हाल पसल धनी गम्भिर घाईते भई बोल्न नसक्ने अवस्थामा रहेकोले लुटपाटको यकिन विवरण सहित थप हुन सक्ने प्रहरीले जनाएको छ ।

२०७८ असार ३ बिहीबार
रति ८:१० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, महोत्तरी । महोत्तरीमा गोली प्रहार गरी डाकाहरुको समूहले लाखौंको लुटपाट गरि फरार भएका छन ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले दिएको जानकारी अनुसार महोत्तरीको सम्सी गाउँपालिका १ पर्सा बजारमा गएराती डाकाहरुको समूहले राजीव ज्वेलर्स सुन चाँदी पसलमा ८–१० जनाको संख्यामा रहेका हातहतियार सहितका डाकाहरुले लुटपाट गरेका छन् ।

डाकाहरुले लुटपाटको क्रममा राजीव ज्वेलर्सका संचालक विरेन्द्र साह सहित उनको परिवारका सदस्यहरु माथि आक्रमण समेत गरेका छन् । डाकाहरुको आक्रमणबाट साहका परिवारका सबै सदस्यहरु घाइते भएका छन् ।

डाकाहरुले लुटपाटको क्रममा प्रहार गरेको गोली लागि पसल संचालक ५० वर्षीय विरेन्द्र साह घाइते भएका छन् । साहलाई कम्मरमा गोली लागेको छ । उनको उपचार जनकपुरमा सम्भव नभएपछि थप उपचारको लागि धरान रेफर गरिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी डाकाहरुले रड प्रहार गरी साहको श्रीमती ४५ वर्षीय शुशीला देवी साह, छोरा २५ वर्षीय शम्भु साह, छोरी २० वर्षीय कंचन कुमारी साह, १७ वर्षीय छोरा राजिव साह घाइते बनाई दिएका छन् । घाइतेहरु सबैलाई रड प्रहार गर्दा टाउँको, मुख र शरीरको विभिन्न भाग चोटपटक र गहिरो घाउँ लागेको छ । घाइतेहरुको सबैको उपचार अहिले प्रादेशिक अस्पताल जनकपुरमा भईरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी तथा प्रहरी निरिक्षक रंजन मिश्रको अनुसार सम्सी गाउँपालिका १ पर्साबजार देखि २०० मिटर उत्तर सम्सी गौशला सडक खण्डको रोड देखि पश्चिममा रहेको साहको घर मै संचालन गरेको सुनचाँदी पसलमा मध्यराती डाकाहरुले गोली प्रहार गरि लुटपाट मचाएका हुन ।

 डाकाहरुले घरको पछाडीबाट पर्खाल नाघी घर भित्र प्रवेश गरी कटुवा पेस्तोल सहित फलामको रड प्रयोग गरी साहु सहित घरका प्राय सबै सदस्यहरु श्रीमती, छोरा, छोरी सबैमाथि आक्रमण गर्दै घर भित्र रहेको नगद तथा गरगहना लुटेर फरार भएको प्रनि मिश्रले जनाए ।

प्रहरीको प्रारम्भिक जानकारी अनुसार डाकाहरुले चाँदी १७२ तोली (काँचो) करिब २ लाख ३२ हजार बराबरको , सुन ५ तोला (काँचो) करिब ४ लाख ६५ हजारको र नगद २ लाख लुटेर लगेको छ ।

हाल पसल धनी गम्भिर घाईते भई बोल्न नसक्ने अवस्थामा रहेकोले लुटपाटको यकिन विवरण सहित थप हुन सक्ने प्रहरीले जनाएको छ ।

महोत्तरीमा डाँका समुहहरुले पछिल्लो केहि समय देखि आतंक मच्चाउदै आएको छ । गत सातामात्रै महोत्तरी कै लोहारपट्टी नगरपालिकाको बजार क्षेत्रमै एकको घरमा लुटपाट गरि घरधनीलाई गोली हानी गम्भिर घाईते बनाएकोमा पुनः विहिवार मध्यरात समेत सोहि प्रकृतिको घटना घटाएको छ ।

यता लुटपाट गर्न आएका डाँका समुह घटना पश्चात फरार रहेकोमा उनीहरुको खोज तलास भइरहेकोे जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले वताए । 

उनले गत साता नै लोहारपट्टीमा भएको यस्तै प्रकृतिको घटनामा संलग्न व्यक्तिहरु नै सम्सीको घटनामा पनि संलग्न हुन सक्ने अनुमान गरेका छन् । उनले घटना बारे तदारुकता साथ अनुसन्धान भई रहेको बताए ।

  • 1%
  • 0%
  • 0%
  • 0%
  • 7%
  • 92%

मिर्चैयामा भूमिहीन दलित तथा सुकुम्बासीलाई मेयर यादवले बाँडे निस्सा

  • २०७८ असार ३ बिहीबार

न्यूज ब्यूरो, सिरहा ।  मिर्चैया नगरपालिकाले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाइ निस्सा वितरण गरेको छ । बुधबार एक कार्यक्रमकाबीच नगरपालिकाका प्रमुख श्रवण कुमार यादवे वडा नं ९ का ९५ जना भूमिहीन

पूरा पढ्नुहोस्

Bureau Menus