झा आफ्नो औकात भन्दा बढी बोल्दैछ: यादव
यादवले झालाई अलीकति पनि बुद्धि विवेक छ भने निर्वाचन आयोगमा गएर कार्यकारिणी सदस्यहरुको नामाबली हेर्न चुनौति पनि दिएका छन् ।

२०७८ असार १ मंगलबार, बेलुकी ५:१९ बजे१ मिनेट पढाइ

न्युज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टी निकट विद्यार्थी सँगठन समाजवादी विद्यार्थी युनियनका केन्द्रीय उपाध्यक्ष एवम् प्रदेश नम्बर २ को विद्यार्थी अध्यक्ष दिपेश यादवले जसपा नेता सुरेन्द्र झालाई औकातभन्दा बढी बोल्न थालेको बताएका छन् ।
जसपा नेपालका केन्द्रीय सदस्य सुरेन्द्र झा आफुलाई कार्यकारिणी सदस्य हुँ भनी बिभिन्न आम सञ्चारमा गलत बयानबाजी गर्दै आरोप लगाउँदै यादवले आफ्नो ओहोदा भन्दा बढी बोल्न थालेकोप्रति आक्रोस पोखेका छन् ।
अध्यक्ष यादवले आफ्नो फेसबुकमा लेख्दै निर्वाचन आयोगले जसपा नेपालको ५१ जना कार्यकारिणी सदस्यमा उनका नाम कही कतै नभएपनि आफू कार्यकारणी सदस्य हुँ भनेर पनि झुडो डँका पिटदै हिडेको बताएका छन् ।
“सुरेन्द्र झाले महन्थ ठाकुरको चाप्लुसी गुनगान गएर भएपनि कार्यकारिणी सदस्य बन्न पाएहुन्थ्यो उनको सोच छ। यस्ता कुपात्रहरुलाई बेलैमा ठिक पारौं कुनै पनि सदस्यले आफ्नो अहोदा भन्दा बढी कुरा गर्नु हुन्न।”– उनले लेखेका छन् ।
यादवले झालाई अलीकति पनि बुद्धि विवेक छ भने निर्वाचन आयोगमा गएर कार्यकारिणी सदस्यहरुको नामाबली हेर्न चुनौति पनि दिएका छन् ।
उनलाई यही रबैया र चाप्लुसी क्रियाकलापको कारण उनलाई निति आयोगको सदस्यबाट मुख्यमन्त्रीले वर्खास्त गरेको पनि बल्लेख गरेका छन् ।
यसका साथै, यादवले विभिन्न किसिमको ठेकेदार कम्पनीहरु चलाएर प्रदेशलाई बर्बाद गर्ने, तथा आफू नितिआयोगको सदस्य हुँ भन्दै आफ्नो कम्पनी र ठेकेदारलाई काम दिन धाकधम्की समेत लगाएको आरोप लगाएका छन् ।
“यस्तै क्रियाकलापले वर्खास्त भएका सुरेन्द्र झा फेरि लाज पचाएर कार्यकारिणी सदस्य हु भन्छ ? उनले फेसबुकमा लेखेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…