प्रदेश २ः मल उपर लागेको प्रतिबन्ध फुकुवा, किसानहरुमा खुसीयाली
तस्करहरूले किसानको वेशमा मल ल्याउने र सीमामा खटिएका प्रहरीलाई आर्थिक प्रलोभनमा पार्ने गरेको स्थानीयवासीको आरोप छ ।

२०७८ जेठ ३० आइतबार, बिहान ९:१२ बजे२ मिनेट पढाइ
तस्करहरूले किसानको वेशमा मल ल्याउने र सीमामा खटिएका प्रहरीलाई आर्थिक प्रलोभनमा पार्ने गरेको स्थानीयवासीको आरोप छ ।

२०७८ जेठ ३० आइतबार, बिहान ९:१२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । खेतीपाती गर्ने समयमै स्थानीय प्रशासनले मलमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले रोक लगाएको मल वितरण पुनः फुकुवा गरेको छ ।
प्रशासनले मल वितरणमा लगाएको रोक एक साता नपुग्दै फुकुवा गरेको हो । कोटाभन्दा बढी मल वितरण भएको भन्दै रोक लगाएको प्रशासनले उखु तथा मकै किसानको गुनासोपछि वितरण फुकुवा गर्न आदेश दिएको हो ।
एक साताअघि धानको मुख्य सिजनमा मल वितरण गर्ने भन्दै हाल स्टकमा रहेको मल वितरण नगर्न जिल्लाको लालबन्दी नगरपालिका–१ नवलपुरस्थित कृषि सामग्री कम्पनी लिमिटेडलाई प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले आदेश दिएका थिए ।
“कोटाभन्दा बढी मल वितरण भइसकेकाले यसको दुरुपयोग हुन सक्ने भन्दै वितरणमा रोक लगाइएको थियो, धानको मुख्य सिजनमा समस्या नआओस् भनी त्यतिबेला वितरण गर्ने भन्ने उद्देश्य थियो”, प्रजिअ तामाङले भने, “तर उखु तथा मकै किसानले मल हाल्नै नपाएको गुनासो आएपछि स्टकमा रहेको मल वितरण गर्ने र थप मलका लागि आवश्यक पहल गर्ने भन्दै मल वितरण फुकुवा गरिएको हो ।”
उखु तथा मकैमा मल छर्ने मुख्य समयमा वितरणमा रोक लगाएपछि जिल्लाका किसानहरु मारमा परेका थिए । मलको जोहोका लागि किसानहरु कृषि सहकारी संस्था, कृषि सामग्री तथा साल्ट ट्रेडिङमा धाउने गरेका थिए ।
मल नपाए उब्जनी घट्ने भन्दै किसानमा चिन्तित थपिएको थियो तर प्रशासनले पुनः मल वितरणको आदेश दिएपछि जिल्लाका किसानहरु खुसी भएका छन् ।
“उखुमा मल हाल्नुपर्ने समयमा यसको वितरणमा रोक लगाएपछि समस्या भएको थियो, अहिले फेरि मल वितरण फुकुवा भएपछि खुसी लागेको छ”, हरिवन नगरपालिकाका किसान राम पुकार महत्तोले भन्नुभयो ।
प्रशासनले मल वितरणमा रोक लगाएपछि भारतीय मलको तस्करी बढेको थियो । अनुदानको मल गोदाममा थन्किएपछि भारतबाट तस्करी गरी ल्याइएका मल बजारमा छ्यापछ्याप्ती भेटिन थालेको छ भने रु ९०० पर्ने एक बोरा युरिया मललाई किसानहरुले रु एक हजार ५०० सम्म तिर्नुपरेको थियो ।
तस्करहरूले किसानको वेशमा मल ल्याउने र सीमामा खटिएका प्रहरीलाई आर्थिक प्रलोभनमा पार्ने गरेको स्थानीयवासीको आरोप छ ।
जिल्लाको कृषि सामग्रीको गोदाममा युरिया तीन हजार छ बोरा, डीएपी ७८९ बोरा, पोटास ५१२ बोरा र कृषि चुन १० बोरा स्टक रहेको कम्पनीका प्रमुख दीपक थापामगरले जानकारी दिए ।
यस्तै साल्ट ट्रेडिङ कर्पोरेसनमा युरिया ९०५ बोरा, डीएपी एक हजार ५५९ बोरा र पोटास ६१ बोरा गोदाममा रहेको छ । स्टकमा रहेको सबै मल भाग लगाएर सहकारी संस्थालाई वितरण प्रक्रिया अगाडि बढाइएको कृषि सामग्री कम्पनीले जनाएको छ । जिल्लामा जनप्रतिनिधिहरुको दबावमा जिल्ला प्रशासन कार्यालयले मल वितरण फुकुवा गरेको हो ।
कम्पनीका प्रमुख मगरका अनुसार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले असार १ गतेदेखि मल वितरण शुरु गर्ने निर्णय भएको छ । जिल्लाका किसानका लागि ७२ हजार बोरा युरिया र करिब तीन हजार बोरा डिएपी रहेको मगरले बताए ।
उनका अनुसार जिल्लामा १५० वटा डिलर दर्ता भएका छन् । जिल्लामा हरेक वर्ष मागभन्दा बढी मल आउने गरेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
कृषि/ कृषक
१ घण्टा अगाडि
गोरखामा बूढीगण्डकीको भीषण बाढी, ३५ घर बगे, तटीय बस्तीका बासिन्दामा त्राहिमाम१४ घण्टा अगाडि
जनकपुरमा ई–रिक्सासहित करिब ९ लाखको इलेक्ट्रोनिक्स सामान बरामद१७ घण्टा अगाडि
जंतरमन्तर जान लागेका पूर्व मुख्यमन्त्री एवम् आम जनता पार्टीका सँयोजक अरविन्द केजरीवाल पक्राउ१८ घण्टा अगाडि
जनकपुरमा युवक हत्या प्रकरणः गुण्डासहित उनको आमाबुवामाथि समेत कर्तव्य ज्यानमा जाहेरी२२ घण्टा अगाडि
दिल्लीमा प्रदर्शनअघि सीजेपीका संस्थापक अभिजीत दीपके पनि हिरासतमा२३ घण्टा अगाडि
दिल्लीमा CJP प्रदर्शनअघि युट्युबर ध्रुव राठी गुरुग्रामबाट हिरासतमाव्यङ्ग्यात्मक कार्टुन
२०८३ असोज २४ शनिबार
ओ ! ब्रो !!
असोज २०८३
आइतबार · प्रतिपदा
तस्बिर: Mithunkunwar9 / Wikimedia Commons / CC BY-SA 4.0आइतबार · प्रतिपदा
घटस्थापना, नवरात्र (दशैँ) आरम्भ
घटस्थापना, जसलाई नवरात्रको पहिलो दिनको रूपमा पनि चिनिन्छ, दसैं पर्वको आरम्भ गर्ने विशेष अवसर हो। यस दिन देवी दुर्गाको पूजा आरम्भ गरिन्छ र घट (सधैं) राख्ने अनुष्ठान गरिन्छ। यस अवसरमा श्रद्धालुहरू चाकु वा चाँदीको घटमा दुर्गामाता को चिन्हको साथ चामल राखेर पूजा गर्छन् र चन्द्रमा ग्रहण गर्ने आशासहित ९ दिनको उपवास तथा पूजा आरम्भ गर्छन्। दसैं चाडको यो आरम्भ जस्तो महत्व राख्छ, त्यसैले हरेक वर्ष भक्तजनहरूले यसलाई आस्था र श्रद्धाका साथ मनाउँछन्।
थप पढ्नुहोस्आउँदै गरेका पर्व
२०८३ असोज २४ शनिबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
घरको कुनै कुनामा परिवर्तन गर्दा वातावरण नै फरक महसुस हुनेछ। परिवारसँग मिलेर गरेको कामले आपसी निकटता बढाउनेछ। संगीत, प्रकृति वा शान्त वातावरणमा बिताएको समयले मनलाई स्फूर्ति दिनेछ। आजको शुभ रंग हल्का सुनौलो हो भने शुभ अंक २ रहेको छ।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…