मिथिला नगरपालिकामा वडा स्तरीय ब्याडमिन्टन समिति 

उनले आफुँहरु खेललाई लिएर वडाका सम्पूर्ण यूवाहरुलाई प्रोतसाहन गरी आगामी दिनमा समेत यसप्रति सक्रिय रहने बताए । 

२०७८ जेठ २९ शनिबार
बिहान ०७:४३ बजे
न्यूज ब्यूरो, डेस्क

सुदिप कुमार शर्मा, जनकपुर । राष्ट्रका लागि खेलकुद स्वस्थ्यका लागि खेलकुद नाराका साथ मिथिला नगरपालिकामा वडा स्तरीय ब्याडमिन्टन समिति गठन गरिएको छ । 

लामो समयदेखि वडामा ब्याडमिन्टन सम्बन्धी गतिविधिहरु सञ्चालनमा मुख्य भूमिका निर्वाह गर्दै आएका सुशीलाल ठाकुरको संयोजकत्त्वमा वडा स्तरीय ब्याडमिन्टन समिति गठन गरिएको हो ।

ठाकुरको संयोजकत्त्व र मिथिला नगरपालिकामा वडा नं। ३ का वडा अध्यक्ष रामएकवाल महतोको प्रमुख आतिथ्यमा १५ सदस्य ब्याडमिन्टन समिति गठन भएको हो ।

आयोजकको तर्फबाट समितीका संयोजक सुशीलाल ठाकुरले आफ्नो मन्तव्य राख्ने क्रममा खेल व्यवसायिक रुपमा पनि फस्टाउदो रहेको र खेल जीवन निकै अघि बढेको बताए । 

उनले आफुँहरु खेललाई लिएर वडाका सम्पूर्ण यूवाहरुलाई प्रोतसाहन गरी आगामी दिनमा समेत यसप्रति सक्रिय रहने बताए । 

यहाँ रहेका ब्याडमिन्टन  प्रेमीहरुलाई जिल्ला, क्षेत्र हुँदै राष्ट्रिय स्तरसम्म पुर्याउन र वडामा ब्याडमिन्टन खेलको विकास गर्नका लागिनै वडामा ब्याडमिन्टन समितिको आवस्यकता महसुुस गरेको उनको भनाइ छ ।

उनले थपे, “वडामा ब्याडमिन्टन खेल प्रति बढ्दो क्रेज, सबैको साथ र हौसलाले गर्दा एउटा ब्याडमिन्टन खेल प्रति समर्पित खेलाडीलाई थप हौसला प्रदान गर्नका लागी स्थापना गरेका हौँ ।”

टिमलाई टी सर्ट र सेल सामाग्री प्रदान गर्दै मिथिला नगरपालिकामा वडा नं ३ का वडा अध्यक्ष रामएकवाल महतोले आफ्नो खेल जीवन सम्झिदै मनमा खेलेको अनुभुति सुनाउदै ’खेलले स्वस्थ, अनुशासित र कर्मशील नागरिक उत्पादन गर्छ,’ उनले भने, ञस्वस्थ नागरिकले मात्रै स्वस्थ मुलुक निर्माण गर्न सक्छ । त्यसैले खेलकुदको विकासमा हरेक व्यक्तिले योगदान दिने तर्फ बढौ भन्दै टिम र खेलाडीहरुको समेत प्रोत्साहन गरेका थिए  ।

“हाम्रो मुख्य उदेश्य भनेको जिल्लामा छरिएर रहेका क्रिकेट खेलको माध्यमबाट केहि गर्न चाहन्छु भन्ने युवाहरूलाई एकै ठाउँमा भेला गराई उनीहरूलाई ब्याडमिन्टन ट्रेनिंगको साथै उहाँहरूमा यो खेल प्रति थप हौसला प्रदान गर्नु हो । यसको लागि हामीलाई सबैको साथ र हौसलाको आवस्यकता छ ।”

  • 8%
  • 0%
  • 90%
  • 0%
  • 0%
  • 0%

Bureau Menus