पशुपतिमा साधुमाथि हातपात गर्ने दुवै जना पक्राउ
सोमबार पशुपतिमा रहेका साधुलाई हातपात र गाली गलोज गर्ने महान नेपाल र विजय घिमिरेलाई प्रहरीले पक्राउ गरेको हो ।

२०७८ जेठ २६ बुधबार, बिहान ८:५८ बजे१ मिनेट पढाइ

न्युज ब्यूरो, काठमान्डौं । हिन्दु धर्मावलम्बीहरुको धार्मिक आस्थाको केन्द्र पशुपतिमा क्षेत्रमा एक साधुमाथि आक्रमण गर्ने दुईजनालाई पक्राउ गरिएको छ ।
पशुपति क्षेत्रमा सोमबार साधुमाथि हातपात गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरु दुबैजनालाई पक्राउ गरेर हिरासतमा राखिएको प्रहरीले जानकारी दिएको छ ।
सोमबार पशुपतिमा रहेका साधुलाई हातपात र गाली गलोज गर्ने महान नेपाल र विजय घिमिरेलाई प्रहरीले पक्राउ गरेको हो ।
पशुपति क्षेत्रको हंशमण्डपमा बसिरहेका साधुमाथि हातपात गरिएको भिडियो एक युट्युव च्यानलमा भाइरल भएको थियो । त्यो भिडियो भाइरल भएसँगै पशुपति क्षेत्र विकास कोषले महानगरीय प्रहरी वृत्त गौशालालाई आक्रमणकारीहरुलाई कारबाही गर्न पत्र लेखेको थियो । कोषको पत्र प्राप्त हुनासाथ प्रहरीले पशुपति क्षेत्रबाटै दुबैजनालाई नियन्त्रणमा लिएको हो ।
कोषले पशुपति क्षेत्रमा युट्युबर र अभियन्ताका नाममा अशान्ति मच्चिएपछि उक्त क्षेत्रमा खाना लगायतका राहत वितरण कार्यहरु नगराउन समेत प्रहरीलाई आग्रह गरेको छ ।
कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले उक्त क्षेत्रमा धान्नै नसकिने गतिविधि बढेकोले प्रहरीलाई पत्र लेखिएको बताए । विशुद्ध धार्मिक क्षेत्रमा अभियन्ताका नाममा हुने गरेका यस्ता कार्यहरुले पशुपतिको गरिममै ठेस पुर्याएकाले प्रहरीको सहयोग मागिएको डा. खतिवडाको भनाइ छ ।
महानगरीय प्रहरी वृत्त गौशालाका प्रहरी उपरिक्षक जितेन्द्र बस्नेतले कोषको पत्र प्राप्त भएपछि दुबैजनालाई नियन्त्रणमा लिएको बताए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको उनले जानकारी दिएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…